पव्लिक माविलाई प्रेमचन्द्रको स्मृतिमा ९ लाख ६२ हजार प्रदान

  • वैशाख २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पव्लिक मावि धरानमा २०१३ सालमा एसएलसी दिएका पूर्व विद्यार्थी प्रेम चन्द्र गिरीको स्मृतिमा सहपाठी विद्यार्थीहरुले संकलित ९ लाख ६२ हजार रुपैयाँ विद्यालयलाई प्रदान गरेका छन् ।

स्व.प्रेम चन्द्र गिरी स्मृति कोषका संरक्षक एवं पूर्व बिद्यार्थी श्याम गोविन्द श्रेष्ठ, सुरश कुमार शर्मा र सूर्य शेखर श्रेष्ठले उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक डा. इन्द्र मोहन झालाई हस्तातरण गरेका हुन् ।

विद्यालयका सहायक प्र.अ. लेखनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्की , शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किराती, साइन्स तथा इलेक्ट्रिकल बिभागमा इन्चार्ज मोहन श्रेष्ठ र लेखापाल कमल प्रसाद भट्टराई सहितको उपस्थितिमा एक सम्झौता पत्र तयार गरी उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो।

पब्लिक हाईस्कूलमा अध्ययन गरी २०१३ सालमा एस एल सी दिएका स्व. प्रेम चन्द्र गिरीको स्मृतिमा उनको मृत्यू पछि सहपाठी तथा साथीहरुबाट संकलन गरेको रकम बैकमा मुद्दती खातामा जम्मा गरिएको र उक्त रकम साँवा ब्याज गरी उक्त धनराशि हुनपुगेको कोषका संरक्षक श्याम गोविन्द श्रेष्ठले बताए ।

स्व. प्रेम चन्द्र गिरीको नाम चीर काल सम्म रहने गरी शिलालेखमा राख्ने गरी विद्यालयको भौतिक बिकास निर्माणमा खर्च गर्न कोषका संरक्षक सुरेश कुमार शर्माले अनुरोध गरेका थिए। साथीको स्मृतिमा त्यसबेला गरेको कामले आज ठूलो सार्थकता पाएको कोषका संरक्षक सूर्य शेखर श्रेष्ठले खुशी ब्यक्त गरे ।

बिभिन्न क्षेत्रमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई समेटेर उहाँहरुको विज्ञता र सहयोग लिएर विद्यालयको आवश्यकता पूर्ति गर्न महत्वपूर्ण योगदान मिल्ने भएकाले आफुहरु त्यसतर्फ सक्रिय हुनुपर्ने बिचार राख्दै पूर्व विद्यार्थी एवंम् साइन्स तथा इलेक्टिकल विभाग इन्चार्ज मोहन श्रेष्ठले सम्पूर्ण पूर्व विद्यार्थीहरु लाई अनुरोध गरेका थिए।

व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किराती एवं सहायक प्र.अ. लेखनाथ भट्टराईले विद्यालयलाई सहयोग गरेकोमा खुशी प्रकट गर्दै दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

सबै पक्षको विद्यालय प्रतिको सकारात्मक दृष्टीकोण र सहयोगबाट नै विद्यालय नेपालको नमूना विद्यालयको रूपमा आजको अवस्थामा आइपुगेको प्रधानाध्यपक डा. इन्द्र मोहन झाले बताए।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved