धरानमा मदिराजन्य वस्तुको होर्डिङ बोर्डहरू हटाइने

  • वैशाख २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानका विभिन्न सार्वजनिक स्थलहरूमा राखिएका मदिराजन्य वस्तुको होर्डिङ बोर्डहरू हटाइने भएको छ ।

स्वास्थ्य शिक्षा सूचना, सञ्चार केन्द्रद्वारा धरान उपमहानगरपालिका तथा सरोकारवालाहरूको सहभागितामा आइतवार भएको ’मदिरा नियन्त्रण तथा नियमन’ सम्बन्धी कार्यशालामा मदिराका प्रचार प्रसार गरिएको होर्डिङ बोर्ड हटाउने सहमति भएपछि त्यस्ता सामाग्रीहरु हटाइने भएको हो ।

विद्यालयका २ सय गजभित्र मदिराजन्य पदार्थ बिक्री गर्न बन्द गराउने पनि सहमति भएको छ ।

अनुमति नलिई मदिरा बिक्री वितरण गर्न नपाइने सहमति भएको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताएका छन् ।

गोष्ठीमा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शैक्षिक संस्थाको सटरमा नै मदिरा बिक्री हुने गरेको बताए ।

धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाले मदिरा पसल नियमनका लागि नियम कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाउँदै भने ‘मदिरा व्यवसायीसँग छलफल गरेर मदिरा नियमन सम्बन्धी नीति बनाउन पहल गरिने छ ।’

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्र प्रमुख केशव राज पण्डितको सभापतित्वमा भएको गोष्ठीमा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले कार्यपत्र प्रस्तुत गरे ।

गोष्ठीमा सुरक्षा निकायका प्रमुख, मदिरा व्यवसायीहरू, सामाजिक सङ्घ, संस्थाका पदाधिकारीहरू सहभागीता रहेको थियो ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved