तेस्रो कोशी कराते च्याम्पियनशिपमा धरानको सुनाखरीले जित्यो ३ स्वर्ण ३ रजत

  • वैशाख २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१२ स्थित सुनाखरी एकेडेमिका बिद्यार्थीहरुले तेश्रो कोशी प्रदेस स्तरीय आमन्त्रण खुला कराते च्याम्पियनशिप–२०२४ मा ३ गोल्ड मेडल र ३ सिल्भर मेडल जित्न सफल भएका छन।

झापा स्थित शिबसतासि सितोरियो कराते एकेडेमिले गत बैशाख १४ र १५ गते आयोजना गरेको प्रतियोगीतामा सुनाखरीका बिद्यार्थीहरुले उक्त उपलब्धी हासिल गरेका हुन।

गोल्ड मेडल पाउने बिद्यार्थीहरुमा वर्षा राई, इस्तुम राई र देमछुन राई रहेका छन।

त्यस्तै सिल्भर मेडल पाउने बिद्यार्थीहरुमा नीमा डोल्मा तामाङ,साङ्गे डोल्मा तामाङ र चारु राई रहेका छन।

  बिजेता बिद्यार्थीहरुले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।

अतिरिक्त क्रीयाकलापको पर्यायको रुपमा चिनिने सुनाखरी एकेडेमिले बिद्यार्थीहरुलाई जुनसुकै प्रतियोगितामा भाग लिन पठाए पनि प्राय रित्तो हात नफर्किने स्कुलका प्रीन्सिपल मिलन कुमार राई बताउँछन सुनाखरी एकेडेमिले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बिद्यार्थीहरुको प्रतिभा र क्षमतालाई निखारता ल्याउनको लागि अतिरिक्त क्रीयाकलापमा समेत बिशेष जोड दिदै आएको छ।1715074944387 1715074952325

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved