समाचार

    Showing 2,701-2,710 of 8,425 items.
  • सहकार्य गरेर विकासको काममा लाग्नसके विराटनगर भावीपुस्ताले गर्व गर्ने बनाउन सकिन्छ । ः मेयर कोईराला

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको समेत उतिकै रहने बताएका छन । विराटनगर स्थित सन्सारीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले हरेक महानगरवासीहरुको साथ र सहयोगले मात्रै विराटनगरलाई भावीपुस्ताले गर्व गर्ने लायक बनाउन सकिने बताए । उनले सबैको सामूहिक प्रयास र प्रयत्नबाट विराटनगरलाई सफा,सुन्दर, उज्यालो र व्यवस्थित साथै विकसित शहर बनाउन सकिने अभिव्यत्ती राखेका छन ।“आफ्नो घर अगाडिको फोहोर मैलालाई व्यवस्थीत गर्ने, समयमा

    • प्रकाशित मितिः असार २४, २०८०
    • 650 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्री विरुद्धको रिट हेर्न नभ्याउनेमा

    सुनसरी / कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा हेर्न नभ्याइने सुचिमा परेपछि आइतबार हुने भनिएको सुनुवाई पछि सरेको छ ।आइतबार सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेशी तोकिएको थियो । समय अभावका कारण आजको पेशी हेर्न नभ्याइने सूचिमा परेको हो । आज मुख्यमन्त्री विरुद्धको पेशी दसौं नम्बरमा थियो । कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो।

    • प्रकाशित मितिः असार २४, २०८०
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सेन्ट्रलल लियो क्लब द्वारा लाइफ सपोर्ट तालिम

    बिराटनगर /  सेन्ट्रल लियो कल्ब बिराटनगरले नोबेल मेडिकल कलेजको सहकार्यमा लाइफ सपोट तालिम सम्पन्न गरेको छ ।   नोबेल मेडिकल कलेजमा आयोजित तालिमको उद्घाटन लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ C का डिस्टृक गभर्नर बिजयहरी शर्माले गर्नु भएको थियो । तालिममा नोबेल मेडिकल कलेजका डाक्टर रुपक ,   डाक्टर बन्दना , डाक्टर शुभम , डाक्टर रोशन , डाक्टर पारशमणी , डाक्टर सागर , डाक्टर मोनिका, डाक्टर सन्जय, डाक्टर निलम , डाक्टर शेरिना , डाक्टर शैलेश , डाक्टर राजिब र डाक्टर दिनेश सहितको टोलिले लियोका सद्स्यहरुलाई तालिम प्रदान गर्नु भएको थियो ।   तालिमका बारेमा प्रष्ट पार्

    • प्रकाशित मितिः असार २४, २०८०
    • 1,410 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा तीन मन्त्री थपिए

    विराटनगर/ नवगठित कोशी प्रदेशको मन्त्रीमण्डलमा तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री उद्धव थापाले आज तीन जना मन्त्री थपेका छन् । थापाले माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा नियुक्त गरेका हुन । उनिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ भने अरु विनाविभागीय छन् ।ध्चष्तभ तय म्ष्लभकज न्बवmभच

    • प्रकाशित मितिः असार २४, २०८०
    • 613 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका बीच भागमा रहेका रुखका हाँगा छाट्दै स्थानीय सरकार

    धरान /बोट विरुवा मानिसको जीवनसँग जोडिएको एक अंग हो भन्दा फरक पर्दैन । यसले मानिसमा अक्सिजन प्रदान गर्छ भने बोट विरुवाले मानिसबाट कार्वोनडाइअक्साड लिने गर्छ । एक अर्कामा परिपुरक भन्दा फरक पर्दैन । तर जहाँतही भएका यस्ता बोट विरुवाले दुर्घटना पनि निम्त्याउन सक्छ । विशेष गरी सहरका बीच बजारमा रहेका यस्ता बोट विरुवाले दुर्घटनाको जोखिम बढाउने गरेको छ । यसलाई मध्यनजर गरी धरान १ पुरानो अस्पताल अगाडि रहेको बर र पिपलको रुखका हाँगा छाट्ने काम गरिएको छ । धरानका बीचमा रहेका रुखका हाँगाहरु छाट्ने कामलाई तिब्रता दिइएको छ । बीच बजारमा रहेका यस्ता रुखले विगतमा धेरै दुर्घटना निम्त्याएकोेले दुर्घटना न्य

    • प्रकाशित मितिः असार २४, २०८०
    • 760 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भगवती आधारभूत विद्यालय परिषरभित्र वृक्षरोपण

    धरान /  धरानकै पुरानो समुदायिक विद्यालय धरान १६ को भगवती आधारभूत विद्यालयमा वातावरण मैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय प्रांगरणभित्र वृक्षरोपण शुरु गरिएको छ । यो विद्यालय २०१० सालमा स्थापना भएका हो । धरानकै पुराने विद्यालय भगवानी आधारभूत विद्यालय कक्षा ८ सम्म पढाई हुन्छ । नीजि विद्यालयतर्फ अभिभावक तथा विद्यार्थी आकर्षित भएका कारण यो विद्यालयमा न्यून विद्यार्थी संख्या रहेको छ । यो विद्यालयमा १ सय ५० हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न धेरै प्रयास गरिरहेको बेला वातावरणमैत्री विद्यालयको अवधारणा अनुरुप विद्यालय वरिपरि वृक्षर

    • प्रकाशित मितिः असार २४, २०८०
    • 564 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषकलाई मिनिटिलर वितरण

    धनकुटा/  स्थानीय तहहरुले कृषिमा आश्रित परिवारलाई प्राथमिकतामा राखेर काम गर्ने गरेका छन् । धनकुटा कृषिको उर्भर भूमि मानिन्छ । यसलाई मध्यनजर सहिदभूमि गाउँपालिका धनकुटाले कृषकलाई मिनिटिलर वितरण गरेको छ । गाउँपालिका भित्रका विभिन्न कृषि समुह, कृषि फर्म र कृषि सहकारीमा आवद्व कृषकलाई १३ थान मिनिटिलर वितरण गरेको कृषि शाखा प्रमुख दिनेन्द्र राइले जानकारी दिए । उनले भने–‘कृषिमा आधुनिकरणको खाँचो छ, परम्परागत कृषि प्रणालीबाट माथि उठाउन पनि गाउँपालिकाले मिनिलिटर प्रदान गरेको हो । पालिकाको कृषि यान्त्रिकीकरण तर्फ ५० प्रतिशत अनुदान कार्यक्रम मार्फत ९ लाख ७५ हजारको मिनिटिलर वितरण गरि

    • प्रकाशित मितिः असार २४, २०८०
    • 646 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीका मुख्यमन्त्री विरुद्ध आज सुनुवाइ हुँदै

    सुनसरी/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले सर्वोच्चमा दिएको रिट माथी आज सुनुवाइ हुने भएको छ । एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीको तर्फबाट रेवती रमण भण्डारीले गत शुक्रबार रिट दर्ता गराएका थिए । रिटमा नवनिर्वाचित मुख्यमन्त्री सहित प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्दव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ।

    • प्रकाशित मितिः असार २४, २०८०
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिलाहरुको आत्मरक्षाका लागि दुई दिने सेल्फ डिफेन्स तालिम सम्पन्न

    विराटनगर/ महिलाहरुको आत्मरक्षाका लागि विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम शनिबार सम्पन्न भएको छ ।कोशी प्रदेश खेलकुद विकास बोर्ड दुवारा आयोजना गरिएको उक्त  तालिम शुक्रबार र शनिबार विराटनगरमा भएको थियो । पछिल्लो समय महिलाहरु असुरक्षित हुदै गएको उनिहरुमाथी विभिन्न अप्ठयारो अवस्थाहरु आई पर्ने हुदा त्यस्तो परिस्थीति आउदा कसरी आत्मबल बढाउन सकिन्छ भने उद्देश्य तालिमको आयोजना गरिएको बताइएको छ । महिलाहरु घरेलु हिंसा,साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न तरिका बाट हुने हिंसाको पहिचान गरि कसरी आफूलाई बचाउ स

    • प्रकाशित मितिः असार २३, २०८०
    • 665 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन कलेजमा अब पढ्दै कमाउदै

    धरान / होटल म्यानेजमेन्ट र म्यानेजमेन्टको अध्यापनमा सफल रहेको युएन कलेजले विद्यार्थीहरुलाइ रोजगारमुखी बनाउदै ब्यवहारीक शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ। कलेजले “पढ्दै कमाउदै शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ। विद्यार्थीहरूलाई व्यवहारिक,रोजगारमुखि र आत्मनिर्भर बनाउने शिक्षा प्रदान गर्ने उदेश्य अनुसार “यू.एन.बेकरी एण्ड क्याफे संचालन गर्ने भएको छ । टिचिङ होटल स्कुलको अवधारणा अन्तर्गत यू.एन. नवोदय वेकरी एण्ड क्याफे संचालन गरी कलेजकै ब्रान्डमा अवदेखि केक उत्पादन र बिक्री वितरण गर्ने भएको छ ।  त्यसै गरि धरानेको कोशेलीका रूपमा धरानको विशेष मिठाई समेत उत्पादन गर्ने लक्ष्य ल

    • प्रकाशित मितिः असार २३, २०८०
    • 662 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved