गायिका शिलाको गायक उदय सोताङसँग अलि अलि (भिडियो सहित) "अलि अलि माया के बसे थियो चट्टै छोडेर गइहाल्यो"

  • असोज २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । सोलो भावको प्रायः एक्लै गीत गाएर दर्शक र श्रोताको मन जित्न सफल चर्चित गायिका शिला राईले यो पटक भने वरिष्ठ गायक तथा संगीतकार उदय सोताङसँग गीत गाएर थप चर्चाको शिखरमा पुगेकी छिन् ।

नेपाली सांगितिक दुनियाँमा दुईसय भन्दा बढी गीत प्रस्तुत गरेकी गायिका राईले राम राईको प्रस्तुतीमा “अलि अलि” गीत गाएर थप चर्चाको शिखर बटुलेकी हुन् । उक्त गीत भिडियो सहितको दुई दिन अघि मात्रै शिला राई अफिसिय युटुब च्यानल मार्फत सार्वजनिक भएको हो। उनको गीतलाई २४ घण्टा बित्न नपाउँदै चचार्का शिखर चुम्दै २० हजार भन्दा बढी भिअर्सले हेरिसकेका छन् ।उक्त गीतमा शब्द र संगीत दुबै गायक उदयकै रहेको छ भने फिमेल भोकल उनै शिलाको रहेको छ ।गीत ७ मीनेटको रहेको छ । गीतले माया प्रेमकै भावार्थ बोकेको छ । गाउँबाट शहर छिरेको केटो विदेशिन बाध्य भएर पनि त्यहीँ गाउँकै माया सहितको पेरी फरीमा सम्झेर गाएको गीतको भावार्थले दर्शक र श्रोतालाई मनलाई केन्द्रित गर्दछ । गीतमा केटाले मायालुलाई छिट्टै फर्केर आउने बाचा सहित जादैछु भनेर थप आशाको किरण छरेको पाइन्छ ।

मेलोडी आवाजकी धनी शिला प्रायः एक्लै गीत गाउने गायिकाको रुपमा स्थापित गायिका हुन्। बेला बखत अग्रज गायक गायिकाहरुसँग सँगै गाउने गर्दछिन् । प्रायः उनी एकल आवाजकी धनी भनेर दर्शक र श्रोतामा चिनिन्छिन् ।धनकुटा जिल्लाको चुङमाङ भन्ने स्थानमा बुवा चन्द्र कुमार राई र आमा शिव कुमारी राईको कान्छि सुपुत्री भएर जन्मिएकी उनको सानैदेखि नै गीत गाउने रुची थियो । गाउँ घरका उकालो ओरालो देउराली भञ्ज्याङबाटै गीत गुन्गुनाउँदै गर्दा गायिका राईले २०६३ सालदेखि भने औपचारिक रुपमा सांगितिक दुनियाँमा प्रवेश गरिन् । उनको दाजु जब माआबोदी द्धन्द्धकालमा मारिएपछि उनीलाई झनै गीत प्रतिको लगाब बढ्दै गएर औपचारिक कार्यक्रमको स्टेजमा उदाउने तिनै शिला राई आजको चर्चाको शिला राई हुन् । लाखौ दर्शक र श्रोताको मन जित्दै चर्चित गायकहरुसँग उनले गीत गाइसकेकी छिन् ।

बरिष्ठ गायक तथा संगीतकार शम्भु राई,गीतकारहरु बेदनिधी पौडेल,ज्योती जंगली,भुपाल राई,कृष्णहरी बराल,संगीतकार भुपाल राई लगायत वरिष्ठ संगीतकर्मीहरुसँग मिलेर उनले स्वर दिएकी छिन् । अहिलेको युवा पुस्तामा चर्चित संगीतकार अनिल कोयु र हाँस्यकलाकार विल्सन वित्र mमसँग समेत अभिनय र स्वर दिएर श्रोता र दर्शकलाई समयानुसारको संगीतको स्वाद पस्कििरहेकी छिन् । शिलाको गीत नयाँ आउन समय लाग्छ तर आएपछि चचौ उक्तिकै हुन्छ र मनमुटुमा कालजयी बनेर वस्ने गरेको छ । थुन्चेको भारी विसाउँदै निकै चर्चामा आएको लोकगीत हो । लोक र आधुनिक गीत दुबैमा सहज र सरल अनि सुमधुर गलाको नै शिला राईको अदभुत कला पनि हो ।पछिल्लो समय प्रविधीको प्रयोग सँगै टिकटकमा गीत गाएर लाखौं श्रोत र फ्रेण्डसको माया बटुल्दै झनै गीत संगीतमा चर्चा पाउँदैछिन् । उनी भन्छिन,“यो संगीतमा प्रेरणा जगाउने मेरो स्व। दाजु हो भने श्रोता र दर्शक मेरो सम्पती हो ,मैले नाम पाएकी छु,नामको अघि गायिका भनेर चिन्नु हुन्छ,खुशी लाग्छ,यसरी नै तपाईहरुको आर्शीबाद पाऊँ।”

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved