सुनसरी/ नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमति बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो । सभापति देउवाले गठबन्धनमा भएको सहमति बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् । बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमति बमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए । प्रदेशसभाको पहिलो दलको हिसावले मुख्
इलाम/ स्थानीय तहका कर्मचारीहरुले प्रस्तावित निजामति सेवा ऐनको मस्यौदाप्रति असन्तुष्टि जनाउँदै पेन डाउन गरेर आन्दोलनमा उत्रिएपछि कार्यलयको सेवा ठप्प भएको छ । स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा र वृत्तिविकासको सुनिश्चितता नभएको र स्थानीय सेवाका कर्मचारीहरुलाई निजामतिको परिभाषामा नसमेटिएको भन्दै प्रस्तावित ऐनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएपछि कार्यलयको सेवा ठप्प भएको हो । इलामका चार वटा नगरपालिका र छ वटा गाउँपालिकामा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएपछि अत्यावश्यक बाहेकका सबै काम ठप्प भएका छन । कर्मचारीहरुले प्रत्येक पालिकामा संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रि
धरान/ बंगुरको मासुको मुल्य विवादमा धरानका मासु व्यवसायीहरुले अनिश्चितकालिन मासु पसल बन्द गर्ने घोषणा गरे पछि स्थानीयहरु आक्रोशित बनेका छन् । मासु व्यवसायीहरूले सुँगुरको मासुको मूल्य दुई महिनामा दुई पटक वृद्धि गरेका छन् । यसले उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । गत सोमबार धरान उपमहानगरपालिकामा बजार अनुगमन समितियले बंगुरको मासुको ५ सय रुपैयाबाट घटाएर मुल्य ४ सय ६० मा समायोजन गर्ने निर्णय गरेको थियो । निर्णयको विरोधमा मासु व्यवसायीहरुले अनिश्चितकालिन बन्दको घोषणा गरे पछि स्थानीयहरु पनि आक्रोशित बनेका हुन् । आफुखुशी बंगुरको मासुको मुल्य बढाएको भन्दै सामाजिक संजालहरुमा स्थानीयले आक्र
इलाम/ पृथ्वीमा रहेका हरेक प्राणीलाई बाँच्नका लागि पानी धेरै महत्वपूर्ण छ । तिर्खाएको बेला प्यास मेट्न नपाउँदाको अवस्थाले मृत्यु सम्म हुने गर्दछ । वन जङ्गलमा हुने चराचुरुङ्गी त खोला खोल्साबाट प्यास मेट्न पाउँछन भने सहर बजारका चरा भने छतमा पानी भेटे भने मात्रै प्यास मेट्न पाउने गर्दछन् । तर अब इलामका बजार क्षेत्रमा रहेका चराले भने प्यास मेट्न खोला खोल्सा जान नपर्ने भएको छ । डिभिजन वन कार्यालय इलामले चराको लागि छतमा पानी व्यवस्थापन कार्यक्रम अन्तर्गत पानी पिउनका लागि सहज बनाउने भएसँगै इलाम बजारका चराले छतबाट पानी पिउने भएका छन् । डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत गजेन्द्र श्
विराटनगर/ विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी २ फिल्मका अभिनेता प्रकाश सपुत, अभिनेत्री वर्षा सिवाकोटी, चलचित्रका निर्माता राजेश वंशल सहित अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । कोशी प्रदेश नेपाली चलचित्रलाई माया गर्नेहरुको प्रदेश भएकोले प्रोमोसनका लागि मेरिल्याण्ड आएको चलचित्रका निर्माता राजेश वंशलले वताए । अभिनेता प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीले विद्यार्थीहरुमाझ प्रस्तुती दिएका थिए । उनिहरुले चलचित्रको एक चर्चित गीत पनि प्रस्तुत गरेका थिए । उनिहरुको प्रस्तुतिलाई विद्यार्थीहरुले भरपुर मनोरञ्जन लिएका थिए । चलचित्र नेपाली सिनेमा घरहरुमा असोज २६ ग
युएई/ यूएई कार्यरत धरानेहरुको साझा सामाजिक संस्था धरान हेल्पिङ ह्याण्ड्स, युएईको छैठौ महाधिवेशन सम्पन्न भएको छ । सर्वसम्मतरुपमा चयन भएको कार्यसमितिमा अध्यक्षमा ईश्वर श्रेष्ठ, उपाध्यक्षमा तिर्थ राई, ज्वाला श्रेष्ठ र अनुप तामाङ, महासचिवमा विक्रम तामाङ, सचिवमा मनोज मास्के, विनोद राई, देवान राई, रमेश खत्री र मनोज कुमार भुजेल, कोषाध्यक्षमा सुमित्रा लिम्बू र सहकोषाध्यक्षमा ओमप्रकाश शाह चयन भएका छन भने सदस्यमा रमेश श्रेष्ठ, मेघराज लिम्बू र असिम चाम्लीङ राई चुनिए । दुबईको रेनर्टी होटलमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पासाङ शेर्पा संयोजक, आदिबासी जनजाती महासंघ अन्तराष्ट्रिय समन्वय
विराटनगर/ विराटनगरस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि सहगोगी हातहरु पछिल्लो समय बढ्दै गएका छन् । विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । आश्रमको कार्यबाट प्रभावित भएर समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले भोजन गराउनदेखि आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको हो । यसै क्रममा सोह्रश्राद्धको अवसर पारेर कवि एवं पत्रकार मीनकुमार नवोदितले मानवसेवा आश्रममा आश्रितहरुलाई आज बिहानको भोजन गराए । नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष समेत रहेका नवोदितले बुवा गंगाबहादुर र आमा धनमाया श्रेष्ठसहित पितृहर
धरान/ नेपाल बिद्युत प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि सुनसरीका १२ वटै स्थानिय तहले करोडौ रूपैया बिद्युत महसुल रकम नबुझाएको विवरण सार्वजनिक गरिएको छ । प्राधिकरणले आइतबार शुल्क बुझाउन चेतावनी स्वोरूप स्थानिय तहका नाम र बुझाउनुपर्ने शुल्क सहितको विवरण सार्वजनिक गरेको हो । जसमा सुनसरीको १२ वटै स्थानिय तहले बिद्युत महशुल नबुझाएको प्रस्ट देखाएको छ । स्थानिय तहको क्षेत्र भित्र पर्ने राजमार्ग तथा भित्री सडकको पोलहरूमा जडान गरिएका बत्ती एवम कार्यालय समेतले प्रयोग गरेको बिजुली महसुल नबुझाएको प्राधिकरणले उल्लेख गरेको छ । जसमा सबै भन्दा बढी इटहरी उपमहानगरले झन्डै ३ करोड महशुल बुझाउन बाकि देखिएको छ ।
धरान/ सामुदायीक तथा नीजि विद्यालयहरु स्थानीय सरकार मातहत आएपछि स्थानीय सरकारले यसको शैक्षिक गुणस्तर सुधारका लागि धरान उपमहानरपालिका वडा नं.. १४ ले सोही वडामा रहेको दन्तकाली माविको शैक्षिक गुणस्तरको विषयमा जानकारी लिएको छ । नीजि विद्यालयको तुलनामा सामुदायीक विद्यालयको गुणस्तर खस्किएको विषयमा व्यापक जनगुनासो बढिरहेको छ । जनगुनासोलाई आत्मसात गर्दै वडामा रहेका सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरको विषयमा जानकारी लिएको हो । वडाले विद्यालयको भौतिक संरचनाको अवस्था, अध्ययन तथा अध्यापन गर्ने वातावरण, विद्यालयको शैक्षिक गुणस्तरको विषयमा बुझ्ने काम गरेको थियो । वडाध्यक्ष कृष्णप्रसाद भट्टर
झापा/ नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् अग्रज नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको बताएका छन् । नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनमा नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको ब्यवस्था परिवर्तन एवं सरकार सञ्चालनको नीतिगत नेतृत्व कांग्रेसले नै गरेको बताउँदै निराश नबनी उत्साहका साथ संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरे । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले सडक, विजुली, खानेपानी, स्वास्थ्य, सञ्चार, शिक्षा लगायत पूर्वाधार निर्माण एवं नीति निर्माणमा थुप्रै काम गरेको बताउँदै उनले यसको प्रचार–प्रसार गरेर कांग्रेस