‘धरान एक्स्पो आज उद्घाटन, उप–प्रधानमन्त्री प्रकाशमान सिंह आउने स्थानीय व्यवसाय र अर्थतन्त्रलाई उचाइमा पुर्‍याउने लक्ष्य

  • पुस २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान उपहानगरपालिकाको रंगशालामा विहीबारदेखि धरानको व्यापार व्यवसाय प्रवद्र्धन गर्दै सुस्ताएको व्यापारलाई चलयमान बनाउनको लागि धरान एक्स्पो २०८१ हुँदैछ । आज (पौष २५ गतेबाट) औपचारिक रुपमा उदघाटन हुने भएको हो ।

सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ।

अध्यक्ष विजय श्रेष्ठका अनुसार यस एक्स्पोले स्थानीय कृषि, उद्योग, र पर्यटनको प्रवर्द्धन गर्नुका साथै धरानलाई क्षेत्रीय व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ।

काेशी प्रदेश  सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको यस व्यापारिक मेलाको उद्घाटन उप–प्रधानमन्त्री तथा सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहले गर्नेछन्। उद्घाटन समारोहमा संघीय र प्रदेश सरकारका अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहनेछ।

१० दिनसम्म सञ्चालन हुने यस एक्स्पोमा कृषि उत्पादन, हस्तकला, पर्यटन, तथा उद्योग क्षेत्रका करिब एक सय पचासवटा स्टलहरू रहने छन्। यसका साथै, आगन्तुकहरूले सस्तो र गुणस्तरीय सामान खरिद गर्न पाउने छन्। मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, बाल उद्यान, तथा अन्य विविध कार्यक्रमहरू पनि समावेश गरिएको छ।

एक्स्पोको पहिलो दिन चर्चित गायिका ईन्द्रकला राईको सांगीतिक प्रस्तुति हुनेछ। उनले आफ्ना लोकप्रिय गीतहरू बार्दली, उडायो मन लगायतका अन्य थुप्रै हिट गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछिन्।

स्थानीय व्यवसाय र अर्थतन्त्रलाई उचाइमा पुर्‍याउने लक्ष्य

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले एक्स्पोले स्थानीय उद्यमीलाई आफ्नो उत्पादन र सेवाहरूको प्रदर्शनका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘धरानको आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउनु र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु यस एक्स्पोको मुख्य उद्देश्य हो।’

एक्स्पोमा विभिन्न क्षेत्रका उद्यमीहरूले आफ्ना नवीनतम उत्पादन र सेवाहरू प्रदर्शन गर्नेछन्। स्थानीय तथा राष्ट्रिय स्तरका पर्यटकहरूलाई आकर्षित गर्न विशेष योजना बनाइएको छ।

व्यापार र मनोरञ्जनको संगम

एक्स्पोले व्यापारिक गतिविधि र मनोरञ्जनलाई एकसाथ ल्याउँदै स्थानीय उद्यमीलाई उत्पादन प्रदर्शन गर्ने थलो दिन्छ। ‘यो केवल किनमेल र मनोरञ्जनको थलो मात्र होइन, हाम्रो आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउने महत्त्वपूर्ण अभियान हो,’ संयोजक गोपाल श्रेष्ठले थपे।

सुनसरी उद्योग वाणिज्य संघले एक्स्पोमा सहभागी हुन र यसलाई सफल बनाउन सबैलाई आग्रह गरेको छ। ‘हाम्रो क्षेत्रीय पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन हामीले गरेको प्रयासलाई सबैले साथ दिनुपर्छ,’ संयोजक श्रेष्ठले भने।

एक्स्पोको तयारी भव्य रूपमा गरिएको छ, र यसले व्यापारिक क्षेत्रसँगै मनोरञ्जनप्रेमीहरूलाई पनि आकर्षित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved