धरान एक्स्पो सुरु तीन तहको सरकार मिलेर आर्थिक सम्बृद्धिःउपप्रधानमन्त्री

  • पुस २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानलाई आर्थिक चलायमान बनाउने उद्देश्यले सञ्चालन भएको धरान एक्स्पोको विहीबार उद्घाटन गरिएको छ ।
संघीय सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमानसिंहले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।

उद्घाटनपश्चात बोल्दै मन्त्री सिंहले देशको आर्थिक अवस्था जर्जर भएको अवस्थामा यस्ता एक्स्पोहरुले चलायमान बनाउने भन्दै एक्स्पोको सफलताको शुभकामना दिए । व्यवसायीहरुले राखेको समस्या र गुनासोलाई सम्बोधन गर्दै मुलुकमा स्थायी सरकार नभएकै कारण आर्थिक संवृद्धि हुन नसकेको बताए ।

उनले विविध कारणमध्ये देशमा स्थायी सरकार स्थायी सरकारका लागि अब सबैले सोच्नुपर्ने बताए । राज्यबाट नीजि क्षेत्र उपेक्षित भएको विषयमा उनले तीन तहका सरकार, नीजि क्षेत्र सहकार्य गरेर आर्थिक सम्बृद्धिको मुल उद्देश्य बोकेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सो अवसरमा बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले राज्यबाट नीजि क्षेत्र सधै उपेक्षित भएको बताएका थिए । उनले देशको आर्थिक सम्बृद्धिमा नीजि क्षेत्रको ठूलो भूमिका भए पनि राज्यबाट नीजि क्षेत्रलाई प्रवद्र्धन गर्ने खालका कुनै पनि काम हुन नसकेको औल्याए ।

यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्र मेयर भएकै कारण राज्यका प्रदेश र संघीय सरकारबाट बजेट नआएको बताउदै बजेट ल्याउनका लागि मन्त्री छोरा वा आफन्त नै मेयर हुनुपर्ने अवस्था आएको मन्त्री सिंहसमक्ष गुनासो पोखेका थिए ।

उनले आर्थिक सम्बृद्धिका लागि बजेट नै मुख्य कुरा भएको बताउदै आर्थिक सम्बृद्धि, धरान खानेपानीको समस्याका लागि सहयोग गर्न मन्त्री समक्ष आग्रह गरे ।

सो अवसरमा प्रदेशका पर्यटनमन्त्री षडानन्द मण्डल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग व्यवसायिका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपपिस्थति रहेको थियो भने विभिन्न जातजातिको साँस्कृतिक प्रदर्शन समेत गरिएको थियो ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved