पुल बनेपछि हट्यो कृषि उपज बिक्रीको पीर

  • पुस २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापा बुद्धशान्ति गाउँपालिका–६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेको छ ।

बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४७७ मिटर लामो छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा बनेको सो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा पुलहरु मध्ये सबैभन्दा लामो रहेको बताइएको छ ।

पाँच महिनामै निर्माण सम्पन्न भएको उक्त पुलको शिलान्यास नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश महामन्त्री शर्माले विसं २०८१ असार २४ गरेका थिए । उनले पुलको आज यहाँ शुभारम्भ गर्दै बुद्धशान्तिको वडा नं ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर बिक्री गर्न समेत पुलको निर्माणले सहज भएको बताए ।

सो अवसरमा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले पुल रहेको स्थान आकर्षक भौगोलिक बनावटका कारण रमणीय भएकाले नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको जनाउँदै दैनिक पाँच सयभन्दा बढी पर्यटक आउन थालेको बताए ।

पुलमा घुइँचो बढेपछि पालिकाले नगर प्रहरी परिचालन गरेर पुलमा ओहोरदोहोर गर्ने यात्रुको व्यवस्थापन गरिरहेको छ । उक्त पुलको भारवहन क्षमता ९० मेट्रिक टन र एकपटकमा छ सय ४७ जना पदयात्रीको भार पुलले थेग्ने क्षमता रहेको जनाइएको छ ।

पुलको रहेको सथन वरपर धारागोला भ्यूटावर, जरेबर, ठुटेबर, गौडालगायतका पर्यटकीय स्थल रहेका कारण पुलमा आउने पर्यटक बढेको हो ।

-रासस

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved