पव्लिकको शिक्षक र कर्मचारीको अध्ययन अवलोकन भ्रमण

  • पुस २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पब्लिक हाइ स्कूल, धरान–१२ का शिक्षक र कर्मचारीहरूले कोशी हरैचा–१०, मोरङ्ग स्थित सुकुना माविमा अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेका छन् ।

भ्रमणको क्रममा सुकुना माविका प्रधानाध्यापक हिक्मत बहादुर बस्नेत, सहायक प्रधानाध्यापक राजेन्द्र गिरी र विभिन्न डिपार्टमेन्ट प्रमुखहरूले विद्यालयको स्थलगत भ्रमण गराई असल अभ्यासको बारेमा जानकारी गराएका थिए ।

पब्लिक हाइ स्कूलका प्रधानाध्यापक डा. इन्द्र मोहन झाले दुवै विद्यालयलाई नमूना विद्यालयको रूपमा रहेको उल्लेख गर्दै आफ्नो विद्यालयको बारेमा परिचय दिएका थिए साथै भ्रमणको उद्देश्यको बारेमा पनि जानकारी गराउनु भएको थियो ।

प्रअ डा. इन्द्र मोहन झा, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किराती, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु, सहायक प्रधानाध्यापक लेखनाथ भट्टराइ, एकेडिमिक इन्चार्ज बीरेन्द्र बहादुर शाह, साइन्स तथा इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठ, प्रावि तह इन्चार्ज शोभा सुब्वा, पूर्व प्रावि इन्चार्ज एनी शाक्य लगायत शिक्षक कर्मचारीहरू गरी ९८ जनाको सहाभागीता रहेको थियो ।

यस प्रकारको अध्ययन भ्रमणले विद्यालयहरूको शैक्षिक गुणस्तर बृद्धि र विद्यालयको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
फोटोृ छ

धरानमा सिटी सफारी पल ...

धरान/ सुनसरीको धरान–११ सृजना चोकमा सिटी सफार ...

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved