धरान एक्सपोमा कृषि र पर्यटनसम्बन्धी गोष्ठी हुने, प्रदेश मन्त्रीहरूको सहभागिता

  • पुस २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरान एक्सपो–२०८१ को अन्तिम दिनमा कृषि र पर्यटनसम्बन्धी विशेष गोष्ठी आयोजना गरिने भएको छ। माघ ४ गते कृषि तथा माघ ५ गते पर्यटनसम्बन्धी गोष्ठी हुने आयोजकले जानकारी दिएका छन्।

कृषि गोष्ठीमा  कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको उपस्थिति रहनेछ भने पर्यटनसम्बन्धी गोष्ठीमा कोशी प्रदेश  का पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल सहभागी हुनेछन्।

गोष्ठीका संयोजक सन्दीप शाक्यका अनुसार यी कार्यक्रमहरूको मुख्य उद्देश्य स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु, आधुनिक कृषि पद्धति र पर्यटकीय सम्भावनाबारे जनचेतना फैलाउनु हो। “स्थानीय व्यवसायी, कृषक, र पर्यटन व्यवसायमा लागेकाहरूका लागि यो महत्वपूर्ण प्लेटफर्म हुनेछ। गोष्ठीले नयाँ ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्छ,” शाक्यले भने।

पुष २५ गतेबाट सुरु भएको धरान एक्सपो माघ ५ गतेसम्म सञ्चालन हुनेछ। सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको एक्स्पोमा १४२ वटा स्टल राखिएको छ । जसमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन तथा कोसी प्रदेशका १४ जिल्लाका व्यवसायीहरूको सहभागिता छ।

एक्स्पोमा स्थानीय उत्पादन र बजारीकरण, पर्यटन प्रवर्द्धन, स्वरोजगार, साहित्य, र वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न स्टल राखिएका छन्। सांस्कृतिक कार्यक्रम, प्रशिक्षण, र विविध मनोरञ्जनका गतिविधिले पनि दर्शकको ध्यान तानेका छन्।

आयोजकले एक्स्पोबाट १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा राखेका छन्। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने यो प्रयास धरानको आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण रहेको आयोजकको विश्वास छ।

गोष्ठीहरूका माध्यमबाट स्थानीय व्यवसाय र उद्यमशीलतालाई थप ऊर्जा मिल्ने आयोजकले आशा गरेका छन् । अर्थतन्त्रमा योगदान पुर्‍याउने यस्ता प्रयासले धरानलाई मात्र होइन, समग्र प्रदेश १ लाई आर्थिक रूपमा सबल बनाउन मद्दत पुर्‍याउनेछ।

एक्स्पोमा दिनभरि विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ भने साँझ ५ बजेपछि प्रवेश शुल्क लाग्ने छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved