धरान/ बाला चतुर्दशीका दिन दिवंगत पितृको आत्माको चिर शान्तिको कामना गर्दै देशैभरीका शिवालयहरुमा भिड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै धरानको पिण्डेश्वर, बराहक्षेत्रको बराहक्षेत्र, खोटाङको हलेसी, पशुपतिनाथ लगायत देशभरका शिवालयमा शतबीज छर्नेहरुको भिड लाग्ने गरेको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्वमा सतबीज छर्ने गरिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन शिवालयहरुमा आउँछन् । पशुपतिनाथ आउन नसक्ने भक्तजन
धरान/ इटहरी उपमहानगरपालिका २ स्थित ‘माया घर नेपाल’ लाई विष्णु मेमोरियल उच्च माध्यमिक विद्यालयकाका विद्यार्थीहरुले सहयोग रकम प्रदान गरेका छन् । गत शुक्रबार विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु नगद सहित खाद्यान्न प्रदान गरेको छ । विद्यार्थीहरूलाई शिक्षासँगै असल संस्कार र असहाय मानवप्रति निस्वार्थ सेवा तथा करुणाभाव अभिवृद्धि गराउने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको छ । विद्यालयले नगद ४६ हजार ९ सय ५ रुपैया, ३५ केजी सुन्तला, २५ मुठा साग, लगाउन योग्य लत्ताकपडा १६ जेब्रा प्रदान गरिएको छ । संस्थामा आयोजित एक कार्यक्रममा विद्यालयका प्रिन्सिपल, विद्यार्थ
रंगेली/ जाडो याम सुरु भए संगै तराई क्षेत्रका अति बिपन्न घर परिवारका महिलाहरु भक्काको व्यवसाय बाट मनग्ये आम्दानी गरिरहेका छन । मंसिर महिना देखि सुरु हुने भक्का व्यपार माघ महिना सम्म बिहानै ५ बजे देखि रंगेली बजारको बसपार्क, मुख्य बजार, अस्पताल चोक, तेत्रि टोल, र पिपल चोक, शुक्रबारे, ईलाका प्रशासन चोक लगायतका स्थानहरुमा महिलाहरुले भक्का ब्यापार गर्ने गरेका छन । उनिहरुले चामल लाई दिन भरी भिजाएर साँझको समयमा ओखली वा ढिक्किको माध्यमबाट पिठो तयारी बनाउने गर्देछन । पिठोलाई एउटा भाडामा पानी उमालेर पानीको बाफमा बाफमा पकाउने गर्दछन । भक्का तयारी पारेर उनिहरुले प्रतिगोटा १० रुपैयाँ र आलुचप प
धरान/ धरानमा प्रथम एन्फा प्रेसिडेन्ट कप अन्डर–१५ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोशी प्रदेश फुटबल संघको आयोजनामा आउदो मंसिर २७ गतेदेखी प्रतियोगिता सुरु हुने भएको हो । धरान १७ स्थित एन्फा एकाडेमीको खेल मैदानमा हुने प्रतियोगितामा कोशी प्रदेशभरीका १० वटा क्लबहरुले सहभागिता जनाउने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियिगिताको फाइनल खेल आगामी पौष ६ गते हुने संघले जनाएको छ । प्रतियोगिता बिजेताले नगद ५० हजार रुपैयासहित ट्रफी हात पार्ने छ भने दोस्रो हुने टिमले २५ हजार प्राप्त गर्नेछन् । यसैगरी विभिन्न विद्यामा समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
इटहरी/ इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरुलाई आइतबार देखि दिवा खाजा कार्यक्रम सुरु भएको छ । नेपालमै पहिलो पटक इटहरी उपमहानगरपालिकाले टेण्डर मार्फत मासु सहितको मेनुको खाजा खुवाउन थालेको हो । उपमहानगरपालिकाले आइतबार देखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु गरेको प्रमुख पौडेलले बताए । इटहरी क्षेत्र भित्रका सामुदायिक विद्यालयहरूमा
धरान/ कोशी प्रदेशको धरान उपमहानरपालिकाको शीरमा रहेको बुढासुब्बा मन्दिर नेपालकै प्रख्यात मन्दिरको रुपमा परिचित बन्दै गएको छ । नेपाल अन्य कुनै ठाउँमा रहेको बुढासुब्बा मन्दिरको ऐतिहासिक तथा पुरातात्विक महत्व चुलिदै गएको कारण कोशी प्रदेशका विभिन्न भागबाट शैक्षिक भ्रमणका लागि आउनेको रोजाइमा पर्ने गरेको छ । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बुढासुब्बा मन्दिर दर्शन गर्न आउने तथा भ्रमणमा आउनेहरुको आकर्षकको केन्द्र विन्दु बनेको छ । नेपालमै धरानको विजयपुरमा मात्र रहेको यो मन्दिरको चर्चा परिचर्चा चुलिएकै कारण दर्शन गर्ने भन्दा पनि विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा आउनेको संख्या बढ्दै गएको छ ।
धरान/ बंगलादेशका ठुला आयात, निर्यात व्यवसायीहरूको टोली धरानमा उपभोग्य वस्तुको निकासी, पैठारी व्यापारिक सम्भावना खोज्दै अवलोकन भ्रमणमा आएका छन् । बंगलादेश नेपाल च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एनबी थापाको नेतृत्वमा बेसार, दूध पाउडर र कृषिजन्य बस्तुको निकासी, पैठारीको सम्भावना खोज्दै अध्ययन अवलोकन भ्रमणमा धरान आइपुगेको हो । टोलीमा बंगलादेशका ५ ठुला आयातकर्ताको सहभागिता छ । टोलीलाई गत शुक्रवार सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ सहित पदाधिकारीले धरानमा स्वागत गरेका छन् । नेपालको पूर्वी क्षेत्रमा उत्पादनमा हुने बेसार र दूध पाउडरको निर्यातको सम्भावनामा भ्रमण टोलीको ध्यान के
विराटनगर/ शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा मेनुका खड्का प्रथम भएकी छन् । दुई दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै ‘भ्रष्टाचारले भरिएको मेरो देश’ शीर्षकको कविता वाचन गरेर मेनुका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा डोरिक मण्डल द्वितीय, यसश्वी बराल तृतीय हुँदा गुरुचरण मेहता र रोशन महतोले सान्त्वना स्थान प्राप्त गरे । द्वितीय हुने डोरिकले अंग्रेजी र सान्त्वना हुने महतोले मैथिली भाषाको कविता सुनाएका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. विमलकिशोर श्रीवास्तव निर्णायक रहेको समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । पुरस्कृतहरुलाई कलेजका अध्यक्ष भी
इलाम/ माईपोखरी त्रिधार्मिक पर्यटन उत्सवको आर्थिक आयव्यय सार्वजनीक गरिएको छ । रामसार क्षेत्र माईपोखरी क्षेत्रमा मंसिर १ गतेबाट ८ गतेसम्म आयोजना भएको त्रिधार्मिक पर्यटन उत्सवको आयव्यय सार्वजनीक गरिएको हो । सन्दकपुर गाउँपालिकाको कार्यालयको सभाहलमा जनप्रतिनिधिहरुको उपस्थितिमा आर्थिक आयव्यय सार्वजनीक गरिएको छ । मंसिर १ गतेबाट ८ गतेसम्म आयोजना भएको त्रिधार्मिक पर्यटन उत्सवमा आय ३६ लाख ३३ हजार ८ सय ४४ रुपैयाँ र व्यय २८ लाख ७७ हजार २ सय ६७ भएको आयोजक समितिका कोषाध्यक्ष निर्मला निरौलाले प्रस्तुत गरेकी थिइन् । पर्यटन उत्सवबाट बचत ७ लाख ५६ हजार ५ सय ७७ रुपैयाँ भएको आयोजक समितिको प्रचार संयोजक श्य
धरान/ यहाँस्थित विजयपुर हस्पिटल प्रालि एवम् विजयपुर ग्रुपका अध्यक्ष डा. पंकज खतिवडा यसै महिना भारतमा सम्मानित भएका छन् । अफिनका केन्द्रीय सचिवसमेत रहेका डा खतिवडा भारतको तामिलनाडुमा यही मङ्सिर १७ गते सम्मानित भएका हुन् । उनलाई ‘एसियाज बिजनेस लिडर अफ द इयर–२०२३’ पदकबाट सम्मान गरिएको विजयपुर हस्पिटलका प्रबन्धक इन्दु योञ्जनले जनाए । एसिया महादेशस्तरीय विशेष समारोहमा उनलाई सो पदक प्रदा नगरिएको हो । यसअघि सन् २०२१ मा पनि उनले ‘आइकोनिक चेयरम्यान अफ द इयर’ पदक प्राप्त गरेका थिए । &