एक्स्पोमा माया साट्न गायिका रचनाको निम्तो भ्यालेन्टाइन्स् विशेष :गीतसंगै कलाकारहरुको प्रत्यक्ष अभिनय हेर्न सकिने

  • फागुन २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ भ्यालेन्टाइन्स् डेको दिन धरानमा प्रस्तुति दिन दुइदिन अघिनै धरान उत्रिएकी गायिका रचना दाहालले बिहिबार नै विजिनेश एक्स्पो भिजिट गरेको लाइभ रिल सेयर गर्दै आज संगै प्रेम दिवस मनाउने उद्घोष गरेकिछिन् । 

यता भ्यालेन्टाइन्स् डे लाई विशेष सेलेब्रेसनकै लागि भनेर रचनालाई धरान बोलाइएको सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी गराए ।

श्रेष्ठका अनुसार आजको प्रस्तुतिमा विशेष लाइट र साउण्डसिस्टम थप गरिएको छ । उनले भने काठमाण्डौंबाट दश लाखको त लाइट मात्रै ल्याएकाछौं । 

रचनाको गीतसंगै कलाकारहरुको प्रत्यक्ष अभिनयका लागि भनेर दुइदिनदेखि नै गायिका रचना दाहाललाई धरान बोलाएर अभ्यास गराइरहेकाछौं ।

श्रेष्ठले भने अहिलेसम्मका नगरिएको अभ्यास गरेकाछौं यसले एक्स्पोलाई झन हेर्न लायक बनाउनेछ ।

पछिल्लो पुस्ताले रुचाएकी गायिका रचना दाहाल धरानमा जारी विजिनेश एक्स्पोमा मात्रै होइन धरानमै पहिलो पटक प्रस्तुत हुँदैछिन् ।

आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे का दिन धरानने फ्यानहरुसंग गायिका रचना रमाउनेछिन् । 

दाहालकोे “आज्ञा, भूमरी, दागवत्ति, हे भगवान, सपनाको राजा” जस्ता गीतहरुले युटुवमा धेरै भ्युज पाएका लोकप्रिय गीतहरु रहेकाछन् । 

धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो । 

फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रत्येक दिन चर्चित कलाकारहरु प्रस्तुत गरिएको पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved