कोशी प्रदेश प्रिमियर लिगःपाँचथर अन्तिम चारमा, लोहरुङ बाहिरियो

  • फागुन १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समुह ए बाट समुह विजेता हुँदै पाँचथरको पाँचथर युनाइटेड अन्तिम चारमा प्रवेश गरेको छ ।
बिहीबार धरान रंगशालामा भएको खेलमा संखुवासभाको लोहरुङ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पाँचथर समुह विजेता बनेको हो । समुह बिजेताभएसँगै पाँचथर लिगको अन्तिम चारमा प्रवेश गरेको छ । पाँचथरका लागी विजयी गोल सन्तोष सम्बाहाम्फेले गरेका थिए । खेलको म्यान अफ द म्याच पाँचथरका बेघम गुरुङ घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

समुह ए मा दुई टिम मात्रै भएकोले एकै खेलबाट समुहबिजेताको टुंगो लागेको थियो । पराजित भएको लोहरुङ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
बिहीबार नै समुह सि अन्तर्गत भएको खेलमा इलामको रेडहर्ष क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै धनकुटाको देउराली फुटबल क्लबले समुह विजेता हुने सम्भावना कायमै राखेको छ ।

समुह सि मा झापाको धाइजन चारआलीसँग पराजित भएको धनुकटा र एक खेल खेलेको धाइजनको समान ३ अंक भएको छ । भोली हुने रेडहर्ष क्लब इलाम र धाइजन चारआली फुटबल क्लबबीचको खेलबाट समुह विजेताको टुंगो लाग्ने छ । यस समुहमा रहेका तीनै क्लबको दोस्रो चरणमा पुग्ने सम्भावना छ ।
भोली सुनसरीको धरान फुटबल क्लब र खोटाङको बुइपा–११ बीच पहिलो खेल हुने छ भने इलामको रेडहर्ष क्लब र झापाको धाइजन चारआली फुटबल क्लबबीचको दोस्रो खेल हुनेछ । ३ अंक भएको बुइपा र शुन्य अंक भएको धरान दोस्रो चरण प्रवेशकालागी खेल्नेछन् ।

धरानले २ गोलको अन्तरमा बुइपालाई पराजित गर्दा मात्रै दोस्रो चरणमा पुग्नेछ भने बुइपा भने १ गोल अन्तरले पराजित हुँदा पनि दोस्रो चरणमा प्रवेश गर्नेछ ।कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरुको सहभागीता रहेको कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो ।

११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरुलाई ४ समुहमा बिभाजन गरिएको छ । समुह बिजेताहरुले लिगको उपाधीकालागी पुनः खेल्नेछन् ।
लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन् ।

लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved