स्ववियु आर्थिक अनियमितताको विवाद साम्य: विद्यार्थी संगठनहरूबीच सहमति, अनशन तोडियो

  • फागुन १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  महेन्द्र बहुमुखी क्याम्पस, धरानमा स्ववियुले आर्थिक अनियमितता गरेको भन्दै आमरण अनशन बसेका विद्यार्थी संगठनहरू सहमतिपछि अनशन तोड्न बाध्य भएका छन्।

बुधबार साँझ क्याम्पस प्रमुखको अध्यक्षतामा बसेको बैठकले स्ववियुको आय(व्यय पारदर्शी बनाउन १० दिनभित्र विवरण सार्वजनिक गर्ने सहमति गरेपछि विद्यार्थीहरूले अनशन स्थगित गरेका हुन्।

विद्यार्थी संगठनहरूले पाँचबुँदे माग राख्दै अनशन थालेका थिए, जसअनुसार अब स्ववियु शुल्क रु। २०० मात्र कायम हुनेछ।

त्यस्तै, क्याम्पसको बजेट निर्माण कार्यसमितिले अनुमोदन गर्नुपर्ने र कार्यक्रमहरू विद्यार्थी प्रतिनिधिहरूको समावेशी समितिमार्फत सञ्चालन गरिने सहमति भएको छ।

नयाँ सहमतिअनुसार स्नातकोत्तर तहका नवप्रवेशी विद्यार्थीहरूलाई १० प्रतिशत छात्रवृत्ति दिइनेछ भने बी।एड। कार्यक्रमका लागि छात्रवृत्ति दर १० बाट २० प्रतिशत पुर्याउने प्रयास गरिनेछ। यो माग पूरा नभएसम्म विद्यार्थी कल्याण कोषबाट सकेसम्म छात्रवृत्ति प्रदान गरिनेछ।

अनशनमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनका स्थानीय नेतृत्व सहभागी थिए। विद्यार्थीहरूको दबाबपछि प्रशासन झुकेको भन्दै उनीहरूले विजयको अनुभूति गरेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved