धरानकाे बुढासुब्बामा धार्मिक पर्यटकको ओइरो

  • माघ ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt - तस्बिर बुढासुब्बा मन्दिर

धरान/ कोशी प्रदेशकै धार्मिक पर्यटकीय क्षेत्र धरानको विजयपुरमा रहेको नेपालकै एकमात्र मन्दिर बुढासुब्बा मन्दिरमा धार्मिक पर्यटकहरु आउनै क्रम बढ्दै गएको छ ।

कोशी प्रदेशका अन्य क्षेत्रमा घुम्न आउनेहरु एक पटक विजयपुरमा रहेको बुढासुबबा मन्दिर दर्शन गरेरै जाने गर्छन अर्थात बुढासुब्बा मन्दिर धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रविन्दु बन्दै गएको छ ।

धरान १४ विजयपुरमा रहेको बुढासुब्बाको महिमा चुलिँदै गएको पाइएको छ । नेपालकै एकमात्र यो मन्दिरमा कोशीका मात्र हैन नेपालका दूरदराजबाट समेत दर्शन गर्न आउन थालैका छन् ।

बुढासुब्बा मन्दिर एक पटक दर्शन गर्न जाने बर्षौदेखिकौ अभिलाषा राखेर कास्कीको पोखराबाट आएका कुलबहादुर गुरुङ धरान सुन्दर सहर रहेको र विजयपुरमा रहेको बुढासुब्बा मन्दिरले नेपालको ऐतिहासिकता झल्काउने बताए ।

उनले धरान त्यसमापनि विजयपुरमा रहेका मठ मन्दिर नेपालकै सुन्दर ठाउँ रहेको बताए ।

उनीमात्र हैन आफ्नो भाकल पूरा गर्न परिवारसहित आउनु भएका चितवनका राम मोक्तानले समेत धरानको विजयपुर अत्यन्तै सुन्दर रहेको बताउदै विजयपुरमा रहेका मठमन्दिरले यहाँको सुन्दरतालाई अझ थपिदिएको बताए ।

बुढासुब्बाको भाकल धेरै अगाडि भएको भएपनि आउन नपाएको बताउदै उनले यहाँ भाकल बुझाउँदा पारिवारिक सुख, ग्रह दशाग्रह शान्ति हुने विश्वासका साथ चितवनबाट धरानको बुढासुब्बा भाकल गर्न आएको बताए ।

उनीहरुमात्र हरुमात्र हैन बुढासुब्बा मन्दिरमा यस्ता धेरै भक्तजनहरु मनोकांक्षा पूरा हुने विश्वासका साथ दर्शन गर्न तथा भाकल बुझाउन आउने गरेका छन् । बृद्धबृद्धामात्र हेन युवा पुस्तासमेत बुढासुब्बा मन्दिरप्रति प्रगााढ विश्वास राख्छन् ।

आफूले भगवानसँग मागेको कुरा बाहिर सुनाउन हुदैन भन्ने मान्यता राख्ने अस्मिता श्रेष्ठले पारिवारिक सुख शान्तिको कामनासहित बुढासुब्बा भगवानको दर्शन गर्न आएको बताइन् । 

कोशी प्रदेशका रमणीय स्थल घुम्न आएका सर्वसाधारणहरु एक पटक विजयपुरमा रहेका मठमन्दिर दर्शन गरेरै जाने गर्छन् । त्यसमा पनि नेपालमै धरानमामात्र रहेको बुढासुब्बा मन्दिरमा आउने भक्तजनहरु त झन धेरै हुने गरेका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भक्तजनहरु सवारी साधन लिएर हुलका हुल आउने गरेका छन् । उहाँ आउने अधिकांशले बुढासुब्बाले मनोकांक्षा पूरा गरिदिने विश्वासका साथ आउने गरेको बताउँछन् ।
धरानको विजयपुरमा रहेका अन्य मठमन्दिरसँगै बुढासुब्बा मन्दिरले पछिल्लो समय आन्तरिक पर्यटक तान्ने गरेको छ । पूर्वको जुनसुकै स्थानको भ्रमण गरे पनि एक पटक यस क्षेत्रमा आएर बुढासुब्बा मन्दिरको दर्शन गरेरमात्र फर्किने गरेका छन् ।

पश्चिमको पोखरा, लम्जुङ, पाल्पा, काठमाण्डौ, चितवन लगायतका ठाउँबाट यो मन्दिरको महिमा सुनेर दर्शन गर्न र हेर्न विजयपुर धार्मिक पर्यटकीय क्षेत्रमा आउनेको संख्यामा बृद्धि हुँदै गएको छ । यसले धार्मिक पर्यटनमा टप टेवा पुग्ने विश्वास लिइएको छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved