धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरु पुनः आन्दोलित भएका छन् । गत कार्तिक २० गतेको सहमति अनुसार प्रमोसनको अन्तर्वार्ता सुचारू नभए पछि शिक्षक चिकित्सकहरु आजदेखी पुनः आन्दोलित भएका हुन् । शिक्षक कल्याण समाजको अगुवाइमा मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उपकुलपति कार्यालय अगाडी घेराउ गरेका छन् । बुधबार (आज) पनि बिहान ८ बजेदेखि १० बजेसम्म उपकुलपति कार्यालय अगाडि घेराउ गर्ने समाजका अध्यक्ष डा.सेराज अहमद खानले जानकारी दिए । यसैगरी, ४८ घण्टाभित्र पनि अन्तर्वार्ताको तालिका प्रकाशित नभए पुष २६ गतेदेखि विगतमा स्थगित पठनपाठन र परिक्षाका बहिष्कार लगायत पुर्ववत आन
धरान/ नीजि क्षेत्रलाई राज्यले उपेक्षा गरेको उद्योगी तथा व्यवसायीहरुले आरोप लगाएका छन् । सुनसरी उद्योग वाणिज्य संघको ४० औं साधारणसभाका अवसरमा उद्योगी तथा व्यवसायीहरुले नीजि क्षेत्रलाई उपेक्षा गरेको बताएका हुन् । सोमबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष विजय श्रेष्ठले मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तनदेखि भुकम्प तथा कोरोनाको महामारीको सामना गर्दै आएका उद्योगी तथा व्यवसायीहरुले तंग्रिन नपाउँदै पुनः डेंगु संक्रमणले थला पारेको वृतान्त प्रष्ट्याउदै यस्तो विषम् परिस्थितिमा पनि व्यवसाय तथा उद्योग सञ्चालन गरेको बताए । उनले राज्यले यस्तो विषम् परिस्थितिमा सहय
धरान /धरान उत्सव स्थानीय घरेलु उद्योगका उत्पादनका स्टलहरुका लागि प्रदर्शन गर्ने थालेको रुपमा रहेको छ । गत शुक्रबारदेखि धरानको पब्लिक माविको खेल मैदानमा भएको उत्सवमा ७५ वटा स्टलहरु राखिएका भएपनि अन्य स्टलको तुलनामा घरेलु उद्योगका स्टलहरु भने सम्झन लायक रहेका छन् । १२३ औं धरान उत्सवमा विभिन्न प्रकारका व्यापारिक तथा जातीय परिकारका साथै सँस्कृति झल्किने स्टलहरु रहेका छन् । यी मध्ये त्यहाँ रहेका दुई वटा स्टल भने नितान्त फरक छन् । एउटा हो महिला उद्यमीबाट उत्पादन भएको स्वदेशी जडीबुटीबाट बनेका नुहाउने साबुन र अर्को स्टल धरानका अपांग तथा असहायहरुले बासको प्रयोग गरेर बनाइएका सजावटका सामानका स्टल
धरान/ मुख्य बजारमा धरान उपमहानगरपालिकाले मोटरसाइकल तथा निजि सवारी साधनलाई पार्किङ शुल्क उठाउन थाले पछि स्थानीय सरकारको चौतर्फि आलोचना हुन थालेको छ । धरान उपमहानगरपालिकाले गत कार्तिक २४ गते देखि लागु हुने गरि ठेक्का आव्हान गरेर पार्किङ शुल्क उठाउन थाले पछि स्थानीयले विरोध गर्न थालेका छन् । आर्थिक विधेयक २०८० को १० नम्बर बुँदाको २ नम्बरमा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र तोकिएका पार्किङ स्थलमा स्टेण्ड लगाउने वा पार्किङ गर्ने सार्वजनिक यातायातका सवारी साधनहरुमा पार्किङ सुविधा उपलब्ध गराए वापत यो शुल्क अशुल गर्नेछ भनिएको छ । ठेकेदार कम्पनीका कर्मचारीले पार्किङ शुल्क उठाउन पुर्जी
धरान/ १ सय २३ औ धरान डेको अवसरमा आयोजित इन्टर स्कुल छात्र छात्रा थ्री वाइ थ्री बास्केटबल प्रतियोगितामा २४ टिमले सहभागिता जनाउने भएका छ्न । धरान उपमहानगरपालिकाको आयोजनामा आयोजित बास्केटबल प्रतियोगिताको आइतबार ड्र मार्फत खेल तालिका तयार गरिएको छ । प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ १९ टिमले सहभागिता जनाएका छन । पुस २३ र २४ गते सम्पन्न हुने प्रतियोगिताका महिला र पुरुष बिजेताले नगद ५ हजार, उपबिजेताले नगद २ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि प्रतियोगिताका एमभिपी (उत्कृष्ट खेलाडी) अवार्ड बिजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सम्पुर्ण खेल इन
विराटनगर/ विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि सहकारी व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । तालिमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगर क्षेत्रमा सञ्चालित सहकारीका व्यवस्थापक सहभागी तालिममा बचत परिचालन, ऋण परिचालन, कोषको व्यवस्थापन लगायतका विषयमा जानकारी दिइनेछ । दुई चरणमा चार दिनसम्म सञ्चालन हुने तालिममा एक सय जनाको सहभागिता रहेको छ । कार्यक्रममा मेयर कोइरालाले सहकारीका नीति र सिद्धान्तविपरीत सञ्चालन हुँदा सहकारीहरुमा समस्या आएको बताए । उनले महानगरको टोलीले अनुगमन गर्दा धेरै सहकारीहरुको कार्यालय नभेटिएको समेत सुनाए । कृषि सरकारी, बहुद्देश
धरान/ धरान १२ स्थित एम्स स्काउट क्रियुकी सिनियर टिम मेट नवीना मंग्राती नेपाल स्काउटलाई प्रतिनिधित्व गर्दै छ महिनाका लागि अफ्रिका महादेशको केन्या जाने भएकी छिन् । विश्व महिला स्काउट संगठनको यस गर्ल कार्यक्रम अन्तर्गत उनी नेपालबाट अन्य ४ जना स्काउट सहित प्रस्थान गर्नेछिन् । केन्या जाने नवीनालाई शुक्रबार एम्स एकेडेमीमा एक कार्यक्रम विच बिदाई गरिएको छ । विद्यालयका प्राचार्य मित्र तामाङ, प्रदेश तदर्थ समिति संयोजक रवी खनाल, सदस्य हेमन्त भण्डारी, धरान नगर तदर्थ समिति सदस्य एवम् प्याब्सन सुनसरी अध्यक्ष अनुप तामाङ, सहायक राष्ट्रिय प्रशिक्षक शुसील राई, नगर सदस्य मधुसूदन घिमिरे, गोपाल पौडेल, रोभ
धरान/ भारतीय राजदुतावास, पेन्शन वितरण, कार्यालय, धरानले गत बर्ष झै यो बर्षपनि बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलको सन्योजकत्वमा शनिवार रक्तदान साथै पहिलो पटक महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निशुल्क परिक्षण शिविरको आयोजना गरेको छ । पिपिओ धरानले ३ सय ४ पिन्ट रगत संकलन गरि प्रदेश नम्बर १ कै सर्वाधिक रगत संकलन कर्ताको रुपमा देखिएको छ । गत वर्ष पिपिओ, धरानले २ सय ८३ पिन्ट रगत संकलन गरि सुनसरी जिल्लामै सर्वाधिक संकलनकर्ता रहेको थियो संकलित रगत बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई हस्तान्तरण गरिएको थियो । यस आर्थिक बर्ष २०८०÷८१ को सुनसरी जिल्लामा मात्र नभएर कोशी प्रदेशमा आयोजना
विराटनगर/ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले करको दायरा र दर घटाउन आन्तरिक राजश्व विभागलाई सुझाव दिएको छ । महासंघ प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउत नेतृत्वको टोलीले विराटनगरमा विभागका महानिर्देशक दिर्घराज मैनालीलाई भेटेर यस्तो सुझाब दिएको हो । अध्यक्ष राउतले देश चरम आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा उद्योगी व्यवसायीलाई राहत महसुस हुने गरी करको नीति परिमार्जन गर्न सुझाव दिएको बताए । महानिर्देशक मैनालीले अर्थ मन्त्रालय र नेपाल सरकारसँग सहकार्य गरेर उद्योगी व्यवसायीलाई राहत प्रदान गर्ने गरी करको नीति परिमार्जन हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ । महासंघले भूक
इटहरी/ त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्नुपर्ने भन्दै नेपाल विद्यार्थी संघ सुनसरीले प्रधानमन्त्रीलाई पत्र लेखेको छ । नेविसंघ सुनसरीले विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिका लागि दबाब दिन प्रधानमन्त्रीलाई लेखेको पत्र प्रमुख जिल्ला अधिकारी मार्फत पठाएको छ । नेविसंघले विभिन्न क्याम्पसका विद्यार्थीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्र सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई हस्तान्तरण गरेका छन् । शुक्रवार नेविसंघ जिल्ला सभापति प्रमोद भट्टराई सहितका विद्यार्थीहरूले आफूहरूले लेखेको पत्र प्रधानमन्त्रीलाई बुझाइदिन भन्दै हस्तान्तरण गर