समाचार

    Showing 2,021-2,030 of 10,004 items.
  • कोशी प्रदेश प्रिमियर लिगः धनकुटाको देउराली शिर्ष स्थानमा

    धरान/ धरानमा जारी प्रदेश प्रिमियर लिगमा धनकुटाको देउराली युथ क्लब शिर्ष स्थानमा उक्लिएको छ । मंगलबार धरान रंगशालमा भएको खेलमा पाँचथरको पाँचथर युनाइटेडलाई ७–० ले पराजित गरेसँगै ४ अंक सहित देउराली युथ क्लब शिर्ष स्थानमा उक्लिएको हो । समान ४ अंक भएको उदयपुरको गाईघाट फुटबल क्लब भने गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । देउरालीकालागी समिर लिम्बूले ह्याट्रिक गरे भने दिपेन शाक्यले २ गोल तथा विरेन लिम्बू र ज्ञानेन्द्र भण्डारीले एक एक गोल गरे । खेलको म्यान अफ द म्याच घोषित भएका समिर लिम्बूले नगद ५ हजार पुरस्कार प्राप्त गरे । देउराली युथ क्लबले खेलको सुरुवातदेखि नै पाँचथरलाई दबाबमा राखेको

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 813 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको सनसनीपूर्ण जित, डिफेन्डिङ च्याम्पियन चर्च ब्याइज बाहिरियो

    सुनसरी/  डिफेन्डिङ च्याम्पियन चर्च ब्याइज युनाइटेड कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ। मंगलबार भएको क्वार्टरफाइनलमा धरान फुटबल क्लबले चर्च ब्याइजलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। खेलको ४६औं मिनेटमा दोर्जे तामाङले धरानलाई अग्रता दिलाए। दोस्रो हाफको १२औं मिनेटमा विवेक राईको निर्णायक गोलपछि धरान बलियो स्थितिमा पुग्यो। खेलको अन्तिम समयमा चर्च ब्याइजका अनन्त तामाङले हेडर गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन्। (आज)बुधबार पहिलो सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी)भारत र मछिन्द्र फुटबल क्लब, काठमाडौं भिड्ने

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 964 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माओवादीले अन्य पार्टीका ५ हजार कार्यकर्ता भित्र्याउने

    विराटनगर/ नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान १२ गते झापाको कचनकबलबाट सुरु भई हुलाकी राजमार्ग हुँदै कञ्चनपुरमा समापन गर्ने तय गरिएको छ । जसअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा एक एक दिन अध्यक्ष प्रचण्डसहितका सम्पूर्ण पदाधिकारीको टोली अभियानमा खट

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 552 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रजातन्त्र दिवस आज देशभर मनाइँदै

    काठमाडौँ/  नेपालभर आज ७४औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष यो दिवस विशेष रूपमा मनाउने गरिन्छ। यस अवसरमा काठमाडौंको टुंडिखेलमा विशेष समारोह आयोजना गरिएको छ, जसमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीपरिषद्का सदस्यहरू, सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। कार्यक्रममा झण्डोत्तोलन, तोपको सलामी तथा प्रजातन्त्र प्राप्तिमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। देशका विभिन्न स्थानमा पनि र्याली, दीप प्रज्वलन, गोष्ठी, तथा अन्य कार्यक्रम आयोजना गरि

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीका एसपीलाई आयो यस्तो खुल्ला पत्र (हेनुहोस्)

    एसपी सुमन कुमार तिम्सिना ज्यु।हजुरको जिम्मेवार ओहोदाको स्थान आफ्नो ड्युटी हुनेछ ।जस्को सम्मान गर्नुपर्छ। तर एसपी साब ।।।।एउटा निजि कम्पनी चलाउने ब्यापारीको फाइदा दिलाउन,जस्को सुरक्षा गर्न, जनताहरुको बलिदान बाट स्थापित लोकतान्त्रिक गणतन्त्र राष्ट्र नेपालको संविधानको बर्खिलाप गर्दै कानुनी उपहास गरेर प्रहरी सुरक्षाकर्मीको दुरुपयोग गरि निशस्त्र सर्बसाधरण नागरिक माथि गोली हान्न आदेश दिने तपाईं शाषक र जनप्रतिनिधिहरुको हैसियत के हो त ? देशको राष्ट्रिय समुदाय सांस्कृतिक सभ्यता माथिको हिंसा दबाब मात्रै होईन नागरिक माथि खुलेआम गुन्डागर्दी गराउँदै दिन डाहाडै प्रहरी घेरा भित्र सर्बसाधरण श्रमजीवी नागरिक

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 1,386 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको बिजिनेश एक्स्पोमा आज गायक एकदेवको,“झिमझिमाउने आँखाले”

    धरान/“झिमझिमाउने आँखाले” बोलको गीत अहिल ग्लोबल टे«न्डिङमा परेको छ । युटुवमा यो गीतलाई २० मिलियन अर्थात २ करोडले हेरेका छन् । यही लोकप्रिय गीतका गायक एकदेव लिम्बू आज धरानमा जारी विजिनेश एक्स्पोमा प्रस्तुत हुने भएका छन् । लिम्बूले गाएको अर्को गीत शिरफूललाई युटुवमा ८ दशलव ६ मिलियन अर्थात ८६ लाख दर्शक स्रोताको भ्युज पाएकोछ ।   युवा पुस्तामा लोकप्रिय तिनै पूर्वेली गायक एकदेव लिम्बू एक्स्पोमा एकल प्रस्तुति सहित प्रकट हुनेभएकाछन् । लिम्बूका अन्य गीतहरु फिजेको केशलाई दश मिलिएन अर्थात १ करोडले हरेका छन्, त्यस्तै आहै, तिम्रो मुटुमा लगायत दर्जनौ गीतहरु उतिकै रुचाइएका गीतहरु

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 720 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङबासी पाथीभरामा केबलकार पक्षमा, विशाल सद्भाव र्‍याली

    धरान/  धरानमा ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बन्नु हुँदैन भनेर विवाद बढिरहेका बेला ताप्लेजुङबासी भने केबलकारको पक्षमा छन् । मंगलबार केबलकार बन्नु पर्छ भन्ने मागराखेर जिल्लावासीले सद्भाव र्‍याली निकालेका छन्। सदरमुकाम फुङलिङमा सयौँ नागरिक एउटै स्वरमा उत्रिए। उनीहरूले नारा लगाए ।ताप्लेजुङ के भन्छ रु केबलकार ल्याउ भन्छरु स्थानीय के भन्छन्रु केबलकार ल्याउ भन्छ भनेर सदभाव र्याली निकालेका छन् । बृहत् नागरिक सद्भाव र्‍याली निकालेर तीर्थयात्रीको सहज यात्रा, पर्यटन प्रवर्द्धन र जिल्लाको समृद्धिका लागि केबलकार अपरिहार्य रहेको उनीहरूको माग छ। ताप्लेजुङ विकास प्रेमी

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 6,092 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपांग तथा असहाय केन्द्रमा पुगे महावीर पुन

    धरान/  बीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारखानाको पुन: सञ्चालनका लागि पुस्तक विक्रीका लागि देश दौडाहामा निस्किनु भएका नेपालका चर्चित वैज्ञानिक महावीर पुनले धरानमा पुनले पुस्तक वितरण अभियानलाई तिब्रता दिनुभएको छ । अभियानकै क्रममा पुन धरान १९ स्थित रहेको अपांंग तथा असहाय केन्द्रमा पुग्नु भई देशको अहिलेको विषम परिस्थितिको तीतो यथार्थ पोखे ।पुनले आफ्ना्े कथामा आधारित महावीर पुन (सम्झना, सपना र अविरल यात्रा) नामक पुस्तक विक्री अभियानलाई धरानमा अगाडि बढाउने क्रममा केन्द्रमा पुगेका हुन् । सो अवसरमा उहाँले केन्द्रमा रहेका अपांग तथा सहायहरुलाई भेटघाट गरेका छन् । भेटघाटपछि उहाँले सरकारले यु

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 615 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दाताकै भरमा सञ्चालित विश्रान्ति मन्दिरमा शिव पुराणको आयोजना

    धरान/ दाताहरुकै भरमा चलेको धनकुटाको मुलघाटस्थित विश्रान्ति शान्ति आश्रम (विश्रान्ती मन्दिर) विगतमा सहयोग गर्ने दाताहरुलाई एकै ठाउँ भेला गराएर सम्मान गर्ने भएको छ । आश्रमले पौष ४ शुरु भएको १५ दिने शिव महापुराण सञ्चालन को अवसर पारेर आश्रममा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने भएको हो । वि.सं. २०४० सालबाट सञ्चालनमा आएको यो आश्रम दाताहरुकै भरमा सञ्चालन भएको सो आश्रम सबैतिरबाट सहयोग प्राप्त भएपनि सुनसरीका धरानबाट भने सम्पूर्ण सहयोगको ५० प्रतिशत सहयोग प्राप्त हुने आश्रमका महासचिव उत्तम घिमिरे बताउछन् । उनले ८/१० बर्षको अन्तरालमा यहाँ ठूलो कार्यक्रम हुने गरेको बताउदै यस बर्ष भने शिव पु

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 1,162 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा धर्मशाला र ध्यान साधनालय निर्माण, राष्ट्रपति पौडेलद्वारा फागुन ९ गते उद्घाटन

    धरान/  धरान-८ स्थित राधाकृष्ण प्रणामी मन्दिर परिसरमा १६ कोठे धर्मशाला तथा गोपी स्मारक ध्यान साधनालय निर्माण सम्पन्न भएको छ। यो ऐतिहासिक धार्मिक तथा सामाजिक पहलको उद्घाटन फागुन ९ गते नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन्। ५० वर्ष पूरा गरेको अवसरमा मन्दिर व्यवस्थापन समितिले स्वर्ण महोत्सव मनाउँदैछ। फागुन ९ देखि ११ गतेसम्म श्रीमद्भागवत महापुराण, त्रिदिवसीय अखण्ड पाठ, तथा विविध धार्मिक र सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। निःशुल्क सेवा असहायका लागि मन्दिरका संस्थापक अध्यक्ष तथा स्वर्ण महोत्सव संयोजक नेत्रप्रसाद आचार्यका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 1,087 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved