दुुईपक्षिय भिडन्तमा कस्ले र्माला बाजी ? धरानको हात्तिसार क्याम्पसमा स्ववियुु निर्वाचन

  • चैत ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले तातिएको छ ।धरानमा रहेका चार वटा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भोली अर्थात चैत्र ५ गते हुदैछ ।

धरानमा रहेका चार वटा क्याम्पस मध्ये तिन वटामा विभिन्न दल विच गठबन्धन भएको छ ।पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा कसैको पनि गठबन्धन भएको छैन।धरानमा रहेको केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारमा यो पटकको स्ववियु निर्वाचनको माहोल विगत भन्दा फरक भएको छ । केन्द्रिय प्रविधि क्यामपस हात्तिसारमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुु,नेपाली काङग्रेसको विद्यार्थी संगठन नेविसघं र एकीकृत समाजबादी अनेरास्ववियूू सयुक्त प्यानल बनाएर अगाडी बढेका छन् ।

नेकपा माओबादी केन्द्र,राप्रपा कोसमर्थनमा अर्को प्यानल अगाडी बढेकोछ।दुुई अखिल र नेविसघंको गठबन्धबाट सभापतीको उमेद्धार अनिरुद्र श्रेष्ठ (कृस) एमाले अखिलका नेता हुन। स्थानियबासी समेत रहेका उनी हात्तिसार क्याम्पस स्थापना गर्न जग्गा खोज्ने तथा स्थापनामा पहल गर्ने परिवारका सदस्य पनि हुन्। विद्यार्थीमाझ प्रीय मानिने कृस आफु लगभग जित भईसकेको दावि गर्छन।

औपचारिक घोषणा हुन बाँकी मात्र हो,चुनाब अखिल र नेविसघंको प्यानलले नै जितीसकेको छ उनले भने । उनी स्ववियुलाई विद्यार्थीको शिक्षा र सिप सँग जोड्ने माध्यम भएकाले यसर्लाइ त्यही अनुसारले अगाडी बढाउने बताए। हरेक फ्याकल्टीको आवश्यक्तालाई पुरा गर्न क्याम्पस प्रसासनसँग समन्वय गर्ने र धरान बाहिरबाट आएका विद्यार्थीलाई सहजता प्रदान गर्ने उनको योजना छ ।

यो प्राविधिक विषय पढाई हुने क्याम्पस भएका कारण यहाँ बाहिरबाट पनि उत्कृष्ट पठनपाठनका लागि विद्यार्थी आउने हुन,त्यो विषयलाई ध्यानमा राखेर मैले स्ववियुलाई अगाडी बढाउने योजना बनाएको छुु,हाम्रो प्यानलले त्यसमै प्रतिबद्धता जनाएको छ उनले भने । क्याम्पसका चुनावी माहोलले पनि अखिल नेविसघंको गठबन्धनको पक्षमा माहोल देखिएको छ ।

अखिल नेविसघंको गठबन्धनमा अनेरास्ववियुुको अनिरुद्र श्रेष्ठ (कृस) सभापती,नेविसघंका विश्वेश्वर प्रसाद बडुु सचिव र अनेरास्ववियूूका भुुवन शाहसंकर कोषाध्यक्षको उमेद्धार रहेका छन् । उता अखिल क्रान्तिकारी र राप्रपाको विद्यार्थी संगठनको समर्थनमा सभापती उठेका पेसलराज कार्किले सुुरुमा स्वतन्त्र उमेद्धारी हालेका थिए ।

स्वतन्त्र उमेद्धारी भन्दै प्रचार गरेपनि माओबादीका नेता तथा धरानका उपमेयर अइन्द्र बेघाले समर्थन गरेपछि स्वतन्त्र उमेद्धारी भन्दै झुुक्याउन खोजेको बुुझेपछि उनकै समर्थनमा हिँडेका विद्यार्थी पनि पछि हटेका थिए ।एमाले अखिलमा रहेका पेसललाई संगठनको नाममा अराजक गतिविधि गरेको र विद्यार्थी तथा शिक्षक कर्मचारीलाई ह्यारेजमेन्ट गरेको पाइएपछि कारवाही थरेको थियो ।

क्याम्पस स्रोतका अनुसार उनले पश्चिम नेपालबाट धरान पढ्न आएका एक विद्यार्थीलाई वियरको बोतलले हानेर घाईते पनि बनाएका थिए। क्याम्पस भित्रका केही कर्मचारी तथा प्राध्यापकको आडमा उनले अराजकता मच्चाएको आरोप उनीमाथि छ। कर्मचारी कोटामा एक पटकमात्र पाउने सुविधा तिन पटक लिएको भेटिएपछि भ्रष्टाचार गरेको आरोप उनलाई लागेको छ ।

उनीमाथि लागेका आरोपका विषयमा र स्ववियु निर्वाचनका सन्दर्भमा कुरा गर्न उनलाई सम्पर्क गर्दा उनीसँग फोन सम्पर्क हुन सकेन। उनको प्यानलबाट सचिवमा विकास घिसिङ र कोषाध्यक्षमा नामसाङ राई उठेका छन् ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved