इन्जिनियरिङ विद्यार्थीबीच पर्यटन प्रोजेक्ट प्रतियोगिता हुँदै

  • चैत ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ उद्यमशीलता प्रवद्र्धन र नवप्रवर्तनलाई प्रेरित गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रालिले नेपालमै पहिलो पटक इन्जिनियरिङ विद्यार्थीबीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता आयोजना गर्ने भएको छ।

आगामी वैशाख १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने उक्त प्रतियोगितामा सिभिल तथा आर्किटेक्चर अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्।

कन्सेप्ट पेपरका आधारमा छनोट

प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीहरूले कन्सेप्ट पेपर पेस गर्नुपर्नेछ। प्राप्त आवेदनमध्येबाट उत्कृष्ट १० वटा कन्सेप्ट छनोट गरी प्रतिस्पर्धामा सहभागी गराइनेछ।

आयोजक संस्था एलिसन हस्पिटालिटी प्रालिकी अध्यक्ष एलिना मगरका अनुसार सहभागीले निःशुल्क प्रवेश पाउनेछन्।

परियोजना निर्माणमा स्थलगत अध्ययन अनिवार्य

प्रतियोगीहरूले कोसी प्रदेशका कुनै पर्यटकीय स्थल वा नवस्थललाई लक्षित गरी पर्यटन परियोजना निर्माण गर्नुपर्नेछ। स्थलगत अध्ययन, ड्रइङ्ग, थ्रीडी मोडल, डमी प्रोजेक्ट, तथा प्रेजेन्टेशन तयार गरेर प्रस्तुत गर्नुपर्नेछ।

प्रतियोगिताले विद्यार्थीहरूलाई रचनात्मकता प्रस्तुत गर्ने तथा व्यावसायिक अवसरहरू सिर्जना गर्ने प्लेटफर्म उपलब्ध गराउने आयोजकको विश्वास छ।

नवीन संरचना र पर्यटन प्रवद्र्धनमा योगदान

प्रतियोगिताको मुख्य उद्देश्य नवीन तथा दिगो पर्यटन संरचना विकास, स्थानीय सम्पदाको प्रवद्र्धन, र पर्यटन व्यवसायको विस्तार गर्नु हो।

आयोजकका अनुसार प्रतिस्पर्धीहरूले निर्माण गरेका परियोजना नव वर्षको अवसरमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय निकाय, योजना आयोग, लगानीकर्ता, पर्यटन बोर्ड, वित्तीय संस्था लगायतका प्रतिनिधिहरूसमक्ष प्रदर्शन गरिनेछ।

साथै, परियोजनालाई लगानीकर्तासँग जोड्ने पहल पनि गरिनेछ।

पुरस्कार राशी

प्रतियोगितामा उत्कृष्ट टोलीलाई निम्नानुसार नगद पुरस्कार प्रदान गरिनेछ –

प्रथम पुरस्कार : रु. १,००,०००
द्वितीय पुरस्कार : रु. ५०,०००
तृतीय पुरस्कार : रु. २५,०००
सहभागी सम्पूर्ण टोलीलाई रु. १०,०००, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

प्राविधिक र व्यवस्थापन सहयोग

प्रतियोगितालाई नेपाल इन्जिनियर्स एसोसिएसन र सोसाइटी अफ नेप्लिज आर्किटेक्टले प्राविधिक सहयोग गर्नेछन्। कार्यक्रम व्यवस्थापन काफल इभेन्ट्सले गर्नेछ।

इन्जिनियरिङ (सिभिल तथा आर्किटेक्चर) विद्यार्थीहरूका लागि सुनौलो अवसर

प्रतियोगितामा व्यक्तिगत वा अधिकतम ५ जनासम्मको टोली सहभागी हुन सक्नेछन्।

आवश्यक परेमा व्यवस्थापन वा आइटी विद्यार्थीहरूलाई समेत टिममा समावेश गर्न सकिनेछ। आयोजकका अनुसार यो प्रतियोगिता विद्यार्थीहरूको व्यावसायिक तथा सिर्जनात्मक क्षमतालाई उजागर गर्ने एउटा महत्वपूर्ण अवसर बन्नेछ।

 

 

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved