धरान/धरानमा एसईई दिएर बसेका विद्यार्थीहरुको लागि धरानमा नै उत्कृष्ट मानिएको स्टार वल्र्ड एकाडेमी धरानले नर्सिङ तथा ब्रिज कोर्षको डेमो कक्षा आज(वुधबार) देखि सुरु गरेको छ । उक्त एकेडेमी धरान १२ स्थित चतरालाइनमा आफ्नै सुविधा सम्पन्न भवनमा विद्यार्थीहरुलाई डेमो कक्षा सुरु गरेको हो । विगत हरेक बर्ष नै एसइई दिएर बसेका विद्यार्थीहरुलाई सहज बनाउन उक्त कोर्ष सन्चालन गर्दै आएको छ । एकेडेमीका सन्चालक शौरभ सञ्जेलका अनुसार विद्यार्थीहरुलाई क्षमतावान बनाउनको लागि डेमो कक्षाको सन्चालन सुरु गरेको बताए । एकाडेमीले ब्रिज कोर्स र नर्सिङ प्रवेश तयारीको लागि उत्कृष्ट शिक्षण संस्था रूपमा प्रमाणित गरेको सन्जेल
धरान/कोशी प्रदेश फुटबल संघले गत माघ २८ देखि फागुन ८ गतेसम्म सञ्चालन गरेको प्रिमियर लिग प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ। धरान रंगशालामा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्लाका क्लबहरूले सहभागिता जनाएका थिए। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत एन्फा टेक्निकल सेन्टर धरानमा प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरिएको हो। कोशी प्रदेश फुटबल संघका कोषाध्यक्ष आनन्द चौधरीले प्रस्तुत गरेको आयव्यय विवरणअनुसार कुल ३६ लाख ६७ हजार आम्दानी र २९ लाख ८ हजार खर्च भएको छ। उक्त हिसाबमा प्रतियोगिताबाट ६ लाख ९० हजार बचत भएको छ, जसमा एन्फाबाट अझै २ लाख आउन बाँकी रहेको बताइएको छ। आयतर्फ, कोशी प्रद
धरान/ डिपोट स्कुल धरान चिरिपरिचत र इतिहाँस बोकेको एकमात्र स्कुल हो । इतिहाँससँगै स्कुलको भौतिक संरचना, पढाइको गुणस्तरीयता, अतिरिक्त क्रियाकलापमा अब्बलताको कारण नै डिपोट स्कुल सवैको रोजाईमा पनि पर्न सफल भएको छ । यसैगरि डिपोट स्कुलको प्रसस्त मात्रामा जमिन, भौतिक संरचना, अतिरिक्त क्रियाकलाप र अनुभवी शिक्षकको सङ्गम भएकोले डिपोटले शैक्षिक गुणस्तर पनि कायम राखेर अघि बढिरहेको छ । यहाँ अध्ययन गरेको विद्यार्थीहरु स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म उच्च ओहोदामा पुग्न सफल भएको छ । अर्थात अहिलेको परिवेश र समयको मागसँगै परिपार्जित हुँदै समय सापेक्षा अन
धरान/ लालीगुराँसको राजधानी भनेर चिनिने तीनजुरे-मिल्के-जलजले (टिएमजे) क्षेत्रमा यस वर्ष समयमै लालीगुराँस नफुलेपछि आन्तरिक पर्यटक निराश भएर फर्किएका छन्। हरेक वर्ष चैत्र–वैशाखमा ढकमक्क फुल्ने लालीगुराँस फुल्न ढिलाइ हुँदा लालीगुराँस हेर्न पुगेका पर्यटकले खाली हात फर्कनुपरेको हो। तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल टिएमजे क्षेत्रमा हरेक वर्ष गुराँस फुलेर राताम्मे हुने जंगलहरू यसपालि सुनसान छन्। लालीगुराँस नगरपालिकाले संरक्षण गर्दै आएको यो क्षेत्रमा चैत्र अन्तिमसम्म पनि फूल नफुल्दा पर्यटक निराश भएका छन्। काठमाडौंबाट लालीगुराँस हेर्न आएकी गीता खड्का लालीगुराँस फुलेको नभए पनि पाथ
झापा/ महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिए ।उनको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबधस्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ । विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताए । उनका अनुसार यस पटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो ज
सुनसरी/ धरानमा जारी २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिताको फाइनल बिहीबार १४ नं. वडा र १५ नं. वडाबीच प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि यी दुई टोली आमनेसामने हुने भएका हुन्। मंगलबार सम्पन्न दोस्रो सेमिफाइनलमा १४ नं. वडाले १७ नं. वडालाई ३–२ को गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो। खेल सुरु भएको तेस्रो मिनेटमै विवाद उत्पन्न भएको थियो। १४ नं. वडाका डिफेन्सले डिबक्स भित्र १७ नं. वडाका तपन कार्कीलाई फल गरेको भन्दै निर्णायक मो. फारुख अहमदले १७ नं. वडालाई पेनाल्टी दिने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो। सो निर्णयप्रति असन्तुष्टि जनाउँदै १४ नं. वडाका खेलाडीले खेल्न अस्वीकार गरेपछ
धरान । कोशी प्रदेश सरकारले आगामी नयाँ बर्ष २०८२ मा ६ दिन थप सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।मंगलबार सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको बताए । उनका अनुसार २०८२ सालमा ६ दिन सार्वजनिक बिदा थप गर्ने निर्णय भएको छ । संघीय सरकारले दिएको भन्दा बाहेक प्रदेश सरकारले ६ दिन थप बिदा दिने निर्णय गरेको भण्डारीले जानकारी दिए ।बैठकअनुसार बैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए ।य
धरान/भखरै मात्र देशभर कक्षा १० का विद्यार्थीहरुले एसईई परिक्षा दिएका छन् । विद्यार्थीहरु यतिबेला फुर्सदिला छन् । तर दैनिक स्कुले जीवन विताएका विद्यार्थीलाई समय कटाउन भने मुस्किल भइरहेको छ । विष्यमा कहाँ पढ्ने के पढ्ने भनेर अन्यौल र चिन्ता पनि रहेको छ । एकातिर अभिभावकको चाहना अनि अहिलेको समयमा विद्यार्थीको रुची जस्ले गर्दा समयमा नै ध्यान दिन नसक्दा विद्यार्थीको भविष्य नै विग्रिने अवस्था हुन आउँछ । त्यसैले कोशी पत्रले यस बर्षको एसइई दिएर बसेका विद्यार्थीले खाली समयको सदुपयोग कसरी गर्ने र उच्च शिक्षा हासिल गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन भनेर धरानका विभिन्न स्कुलका शिक्षक र शिक्षासँग स
धरान/ २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत आज साँझ १४ नं. वडा र १७ नं. वडा धरान रंगशालामा आमने-सामने हुँदैछन्। यसअघि एक पटक गोधुलीको उपाधि जितेको १४ नं. वडा र चार पटक उपाधि जितिसकेको १७ नं. वडाबीचको खेल रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ। १७ नं. वडाका केही सिनियर खेलाडी बी डिभिजन लिग खेल्न काठमाडौँमा रहेका भए पनि अहिलेको युवा टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। २० नं. वडालाई ३–० ले तथा १८ नं. वडालाई २–१ को गोल अन्तरले पराजित गर्दै १७ नं. वडाले सेमिफाइनलसम्मको यात्रा तय गरेको हो। १७ नं. वडाका स्ट्राइकर कृष्ण राई उच्च लयमा छन्। उनले २० नं.
झापा । मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८३४ रूख कटानको प्रक्रिया अघि बढेको छ ।मन्त्रिपरिषद्ले झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्मको ७७ किलोमिटर राजमार्गभित्र अवस्थित विभिन्न वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको हुँदा सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयबाट अनुमति लिएर रूख कटानको कार्य भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताए। कार्यालयले राजमार्गको झापाको पश्चिम खण्डमा पर्ने मावा खोलादेखि दमकको बेलडाँगीसम्मको ४७ रूख कटान गरिसकेको र मावा खोलादेखि मोरङको केराबारीसम्मका दुई हजार १६३ रूख कटान