लागुऔषध सेवनपछि ‘पत्रकार हुँ’ भन्दै प्रहरीसँग विवाद गर्ने दुई पक्राउ

  • असार २२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ पत्रकार भएको दाबी गर्दै प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा दुई युवक विराटनगरबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१ का ३६ वर्षीय पेशल घिमिरे र विराटनगर–४ का राहुल सरदार रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार दिउँसो नियमित चेकजाँचका क्रममा उनीहरूलाई विराटनगर–१६ स्थित दरैयाबाट नियन्त्रणमा लिएको हो।

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार भारतको जोगबनीबाट नेपाल प्रवेश गर्दै गरेका दुवै जनाले लागुऔषध सेवन गरेको पाइएको थियो।

चेकजाँचका क्रममा उनीहरूले आफू पत्रकार भएको दाबी गर्दै ड्युटीमा रहेका प्रहरीसँग विवाद गरेका थिए। प्रहरीसँग अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए।

प्रहरीले घिमिरेको साथबाट ‘शब्द एक्सप्रेस अनलाइन’को रिपोर्टर उल्लेख गरिएको प्रेस कार्ड बरामद गरेको छ। तर, उक्त परिचयपत्रमा जारी मिति र म्याद उल्लेख नभएकाले त्यसको वैधतामाथि प्रश्न उठेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त कार्ड नक्कली हुन सक्ने आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।घटनास्थलबाट प्रदेश १–०२–०४१ प २०९० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखी लागुऔषध सेवनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।शब्द एक्सप्रेस अनलाइन’का सञ्चालक माधव काफ्लेले घिमिरे विगतमा आफ्नो संस्थासँग आबद्ध भए पनि लामो समयदेखि सक्रिय नरहेको बताए।

उनका अनुसार घिमिरेले पहिले सूचना उपलब्ध गराउने काम गर्थे, तर हाल संस्थासँग उनको कुनै सम्बन्ध छैन।पुरानो परिचयपत्र समयमै फिर्ता लिन नसक्नु हाम्रो कमजोरी भयो,’ काफ्लेले भने, ‘अब प्रेस कार्ड वितरण, नवीकरण र फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउनेछौँ।’

नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्र पी. अधिकारीले पनि पक्राउ परेका व्यक्तिले बोकेको परिचयपत्र शंकास्पद रहेको बताए।

उनका अनुसार पक्राउ परेका दुवै जना महासंघसँग आबद्ध छैनन्। कार्डमा जारी मिति र म्याद समाप्त हुने मिति उल्लेख नभएकाले थप छानबिन आवश्यक देखिएको अधिकारीको भनाइ छ।

यस घटनाले पत्रकार परिचयपत्रको दुरुपयोग हुने गरेको विषय पुनः उजागर गरेको छ।

सञ्चार संस्थाहरूले प्रेस कार्ड वितरण, नवीकरण र फिर्ता गर्ने प्रक्रियालाई थप कडाइका साथ व्यवस्थापन गर्नुपर्ने आवश्यकता यस घटनाले देखाएको सरोकारवालाहरूको भनाइ छ।

रंग लगाउँदै गर्दा ती ...

झापा/ बाह्रदशी गाउँपालिका कार्यालय भवनमा रंग लगाउन ...

धरान औद्योगिक क्षेत् ...

धरान/  धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्य ...

पुस्तक पढे, समीक्षा ...

इटहरी / सुनसरीको इटहरी ६ मा अवस्थित माेडर्न प्रिपर ...

चतरामा श्रावणमा लाग् ...

वराहक्षेत्र/ श्रावण महिनामा चतरा धाम स्थित कौशिकी (कोशी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved