काठमाडौँ/ वि.सं.२०८१ अब बिदा हुनै लाग्दा यो वर्ष राजनीतिक, सामाजिक र आपराधिक घटनाहरूको घेरामा कसरी बित्यो भन्ने विषयमा जनचासो बढेको छ। (भाेली) सोमबारबाट सुरु हुने २०८२ सालको पूर्वसन्ध्यामा, विगत वर्षलाई फर्केर हेर्दा “घटनामै घटना” भएको अनुभूति हुन्छ। सुरुमा दुई ठूला दल मिलेर सरकार गठन भएको अवस्था देखिएको यो वर्षमा, पूर्वराजाको समर्थनमा प्रदर्शन, सहकारी काण्ड, प्राकृतिक प्रकोप, ठूलो आर्थिक क्षति र चर्चित व्यक्तित्वहरूलाई लिएर भएका कानुनी कारबाहीहरूले समाचारको मुख्य शीर्षक बनिरहे। विशेषगरी सन्दीप लामिछाने, रवि लामिछाने, कुलमान घिसिङ र दुर्गा प्रसाईसँग जोडिएका घटनाहरूले व
धरान/ धरान -१०पुतलीलाइनस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.मा कोशी प्रदेशमै पहिलो पटक IELTS को इनहाउस परीक्षा सम्पन्न भएको छ। शनिबार सम्पन्न सो परीक्षा ब्रिटिश काउन्सिल द्वारा सञ्चालित IELTS परीक्षण कार्यक्रमअन्तर्गत आयोजित गरिएको हो। यससँगै सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. कोशी प्रदेशकै पहिलो IELTS इनहाउस परीक्षा केन्द्रको रुपमा मान्यता पाएको छ। अबदेखि धरानका विद्यार्थीहरूलाई IELTS परीक्षा दिनका लागि विराटनगर, इटहरी, दमक वा काठमाडौंसम्म धाउनु पर्ने झन्झट हटेको सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार विदेश अध्ययनको तय
धरान/२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित ‘एसईई स्पिकर–२०८१, सिजन–५’ को पहिलो चरणको अडिसन शुक्रबार सम्पन्न भएको छ। अडिसनमा सहभागी ४८ जनामध्ये ३७ जना प्रतिस्पर्धीहरू दोस्रो चरणमा प्रवेश गरेका छन्। र्याडिकल लाइट नेपाल प्रा.लि. धरानद्वारा आयोजित उक्त प्रतियोगितामा कोशी प्रदेशभरिका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। दोस्रो चरणमा प्रवेश गर्ने प्रतिस्पर्धीहरूमा यिनीहरू छन्: • शिक्षादीप एकेडेमी, इटहरी : समिक्षा पौडेल • लोटस इङ्लिस बोर्डिङ स्कुल, धरान : सृष्टिका राई, श्रद्धा शाक्य • पब्लिक हाई
झापा/आज दमकमा हुने विशाल जागरणसभालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैहुनुहुन्छ । लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले आयोजना गरेको कोशी प्रदेश स्तरीय जागरणसभाको तयारी पुरा भएको छ । दमकको पशुहाटमा सभा आयोजना गरिएको छ । सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरु दमक झरिरहेका छन् । एमालेले हिजो साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरु रतुवा पुल पारी रोकेर नारा जुलुस सहित सहभागीहरु पशुहाट स्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् । यसै
धरान/ गृहिणी महिलाहरूको प्रतिभा र आत्मविश्वासको पहिचानका लागि आयोजित ‘मिसेस स्टेट २०२५ सिजन–३’ को तयारी अन्तिम चरणमा पुगेको छ। भव्य ग्रान्ड फिनाले जेठ १७ गते शनिवार धरान–१६ स्थित गुरुङ BBQ पार्टी प्यालेसमा हुने भएको हो। कोशी प्रदेशस्तरीय प्रतियोगिता वुमन्स वर्थ ग्रुप (WWG) को आयोजनामा सम्पन्न हुँदैछ। आयोजकले शनिवार धरान कलेज रोडस्थित सर्कल क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेका हुन्। विवाहित महिलाहरूको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै सुरु गरिएको मिसेस स्टेट प्रतियोगिता २०१८ मा स्थापना भएको वुमन
धरान/ महिलाहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले धरानमा दुई दिने प्रभावकारी उद्घोषण कला तालिम सुरु भएको छ। धरान-९ आचार्य लाइनस्थित गरिमा डान्स सेन्टरको हलमा सुरु भएको तालिमको आयोजना संगम महिला समूह धरानले गरेको हो। कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष रामकला राईले गर्नु भएको थियो भने उद्घाटन धरान उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष नरेशकुमार इवारमले गर्नु भयो। उक्त तालिम धरान उपमहानगरपालिका वडा नं. १५ को सहकार्यमा सञ्चालित छ। तालिममा संगम महिला समूहसँगै फूलबारी आमा समूह, हातेमालो उद्यमी महिला समूह, मखमली आमा समूह, निराजन महिला समूह, श्यामचोक आमा समूह, सुन्दर महिला समूह, दिव्
धरान/नवोदय विद्यामन्दिर सेकेन्डरी स्कुल धरान १६ मा रहेको छ । यो स्कुलले गुणस्तरीय शिक्षामा फोकस गर्दछ । त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरु अरु स्कुलको तुलनामा मेधाबी र अब्बल हुने गरेका छन ।सोही कारण एसर्ईई परीक्षा २०७९ मा यस स्कुल धरान प्रथम बन्न सफल भएको पनि छ । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नवोदय विद्यामन्दिले पि जि देखि कक्षा १० सम्म अध्ययन गराउँदै आएको छ । धरानको शैक्षिक जगतमा बर्षौदेखि सेवामुलक भावनाले यस स्कुलले गणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।उक्त स्कुलमा अभिभावकले विद्यार्थीलाई पढाउनको लागि रुचाउँछन् । बर्षेनी विद्यार्थीहरु त्यहाँ नयाँ भर्ना सुरु भएसँगै पठ्नको ला
इलाम/ चिसो हटिसकेको छ, गर्मी आउन बाँकी छ। यतिबेलाको मौसम वसन्तको रङमा रङ्गिन भएको छ। बोटबिरुवाका पुराना पात झरेका छन्, तिनको ठाउँमा नयाँ पालुवाले हरियाली थपेका छन्। अनि त्यसकै साथमा ढकमक्क फुलेका गुराँसले पाटेनागीलाई स्वर्गजस्तै बनाइदिएको छ। पाटेनागी पुग्ने जो कोहीको मन त्यहाँबाट फर्किन चाहँदैन। गुराँसको रङ्ग, चराचुरुङ्गीको चिरबिर, र आँखैअगाडि देखिने हिमशृङ्खलाले जो कसैलाई पनि मोहित बनाउँछ। वसन्त ऋतुको यो बेला पाटेनागी पुग्न सबैभन्दा उपयुक्त समय हो। गुराँस र हिमालको अनुपम संगम पाटेनागीमा अहिले लालिगुराँस ढकमक्क फुलेका छन्। तीन हजार मिटरको उचाइबाट देखिने सगरमाथा, कञ्चनजङ्घा लगायतका हिमालले
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या रहस्यमय बन्दै गएको छ। अनुसन्धानका क्रममा प्रहरी मृतकका परिवारका चार सदस्यलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। बिहीबार पहिचान खुलेकी ती महिला धनकुटा महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको प्रहरीले जनाएको छ। उनी पछिल्लो दुई वर्षयता इटहरी उपमहानगरपालिका–२ हलगडामा १३ वर्षीय छोरासँग डेरा गरेर बस्दै आएकी थिइन्। प्रहरी स्रोतका अनुसार घटनास्थलबाट प्राप्त संकेतहरूपछि मृतकका देवर, देउरानी, नन्दसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूम
उदयपुर/ बिहीबार बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ। सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए। ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ। इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईँका अनुसार पुल भाचिँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ। “रु दुई करोड बराबरको क्षति पुगेको “प्रारम्भिक अनुमान गरिएको छ, अर्को बन