समाचार

    Showing 141-150 of 10,000 items.
  • धरानमा ब्राउन सुगरसहित २५ वर्षीय युवक पक्राउ

    धरान/  सुनसरीको धरान उप–महानगरपालिका वडा नं. ८ गैरि टोलमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। मिति २०८३ वैशाख १० गते अपराह्न करिब ३:३० बजे अस्थायी प्रहरी पोष्ट वरगाछीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय तुफान विकको घर कोठा जाँच गर्दा ब्राउन सुगर ३।९३ ग्राम पदार्थ फेला पारेको हो। बरामद गरिएको लागूऔषधसहित विकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप कडाइका साथ अघि बढाइएको समेत उल्लेख गरेको छ।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 634 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने

    धरान/ खेलकुदको शहरका रूपमा परिचित धरान मा यही वैशाख १८, १९ र २० गते दोस्रो धरान खुल्ला तथा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। धरान ब्याडमिन्टन क्लब को आयोजनामा हुने प्रतियोगिता धरान १३ मा रहेको अमरसेवा समाजस्थित कभर्ड हलमा सञ्चालन गरिनेछ। आयोजकका अनुसार प्रतियोगितामा खुला पुरुष–महिला सिंगल, पुरुष–महिला डबल्स, मिक्स डबल्स तथा भेट्रान (उमेर समूह) गरी विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। देशभरका राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। करिब ४५० भन्दा बढी खेलाडी सहभागी हुने अनुमान गरिएको छ

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 320 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा आधारभूत तह शिक्षकहरूलाई विषयगत कार्यशाला

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले नगर भित्र रहेका धार्मिक तथा सामुदायिक बिद्यालयका शिक्षकहरुलाई विषयगत कार्यशाला आयोजना गरिएको छ । बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ को बजेट तथा कार्यक्रम र विभिन्न विद्यालयहरूको सहयोगमा आधारभूत तह कक्षा १ देखि ८ का शिक्षकहरुका लागि विषयगत कार्यशाला आयोजना गरेको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम राज भारतीका अनुसार नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो । तालिममा नगरपालिका भित्र रहेका सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको छ । बिहिवार र शुक्रब

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 205 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक संस्थाबाट विद्यार्थी संगठनका अफिस, ब्यानर र पर्चा हटाउन प्रहरी सक्रिय

    विराटनगर/कोशी प्रदेशका विभिन्न क्याम्पसहरूबाट विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले सक्रियता बढाएको छ। शैक्षिक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त बनाउने सरकारी नीति सार्वजनिक भएसँगै प्रदेश प्रहरी क्याम्पस केन्द्रित कारबाहीमा उत्रिएको हो। सम्बन्धित क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरूलाई समन्वय गरी यस्ता सामग्री हटाउन आग्रह गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य विभागले क्याम्पसमा विद्यार्थी संगठनका नाममा भइरहेका राजनीतिक गतिविधि नियन्त्रण गर्न देशभरका प्रदेश प्रहरी कार्यालय तथा मातहतका इकाइहरूलाई निर्देशन दिएको थियो।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 175 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यस्तो छ नेपालमा नैतिकताको आधारमा राजिनामा दिने प्रधानमन्त्री र मन्त्रीहरु को सुची

    धरान/ आज गृहमन्त्री सुदन गुरुङले गृहमन्त्री पद बाट राजीनामा दिएका छ्न । उनको बिबादास्पद ब्यबसायी दिपक भट्ट सङ्गको साझेदारी र सम्पत्तिको श्रोतमा प्रश्न उठेपछि नैतिकताको आधारमा राजिनामा दिएका हुन । नेपालको संसदीय इतिहासमा विभिन्न समयमा मन्त्री तथा प्रधानमन्त्रीहरूले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका केही प्रमुख उदाहरणहरू तल उल्लेख गरिएको छ: ​१. कीर्तिनिधि विष्ट (प्रधानमन्त्री) • ​घटना: २०३० साल असार २५ गते सिंहदरबारमा भीषण आगलागी भयो, जसमा महत्वपूर्ण सरकारी कागजात र भौतिक संरचना नष्ट भए। • ​नैतिक आधार: सिंहदरबार जस्तो देशको मुख्य प्रशासनिक केन्द्रको सुरक्षा गर्न नसकेको र

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 208 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मध्यराति ठुलो परिमाणमा प्रतिबन्धित औषधी बरामद, दुई युवा पक्राउ

    धरान/  सुनसरीको धरान उपमहानगरपालिका–१६, जोरसखुवा क्षेत्रमा मध्यराति ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद भएको छ। मिति २०८३ साल वैशाख ७ गते राति ११:४० बजेको समयमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर  र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष अपरेशन सञ्चालन गरेको थियो। प्रहरी टोलीले स्थानीय २० वर्षीय राहुल आचार्यको कोठामा चेकजाँच तथा खानतलासी गर्दा प्रतिबन्धित औषधी ट्रामाडोल ३,१०० क्याप्सुल र स्पास्पेन १४,०५० ट्याब्लेट गरी जम्मा १७,१५० क्याप्सुल तथा ट्याब्लेट बरामद गरेको जनाएको छ। उक्त घटनामा संलग्न रहे

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 662 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आइडियल स्कुलको ऐतिहासिक फड्को : अब काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा धरानमै !

    सुनसरी/  धरान–१४ स्थित आइडियल इङ्लिस बोर्डिङ स्कुलले शिक्षण प्रणालीमा सुधार गर्दै आधुनिक, व्यवहारमुखी र गुणस्तरीय शिक्षा लागू गर्ने भएको छ । दुई दशकयता उत्कृष्ट नतिजा दिइरहेको सो विद्यालयले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा व्यवस्थित शैक्षिक रूपान्तरण योजना अघि सारेको हो । विद्यालयका निर्देशक सागर खड्काका अनुसार अब लागू गरिने नयाँ योजना शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्षलाई समेटेर तयार पारिएको छ, जसले समग्र शिक्षण सिकाइ प्रक्रियामा दीर्घकालीन सुधार ल्याउने विश्वास गरिएको छ । शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि महिनामा एकपटक १५ दिनसम्म तालिम सञ्चालन गरिनेछ । तालिममा अनलाइन

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 1,085 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ७५ किलोभन्दा बढी गाँजा बरामद, किराना पसलबाटै कारोबार सञ्चालन

    सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–२ सरदार टोलमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। मिति २०८३ साल वैशाख ६ गते दिउँसो ३:४० बजे लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले देवकी सरदारको घरमा छापा मारेको हो। प्रहरीले घरभित्र सञ्चालनमा रहेको किराना पसलको कोठा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ७५.३३ केजी गाँजा बरामद गरेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा सोही स्थानकी ७० वर्षीया लक्ष्मी सरदार, ४२ वर्षीया देवकी सरदार तथा भारतको बिहार राज्य अररिया जिल्ला निवासी २६ वर्षीय सहवाज आलमलाई नियन्त्रणमा लिइएको छ। सहवाज आलमले

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 238 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एम्स एकेडेमीका कक्षा-१२ का विद्यार्थीलाई बिदाई

    धरान/धरान-१२ स्थित एम्स एकेडेमीमा कक्षा-११ का विद्यार्थीहरूले कक्षा-१२ को अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच बिदाई गरेका छन्। शनिबार धरान-१५ स्थित सदन सभा हलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई अबिर, खादा तथा मायाको चिनो प्रदान गर्दै औपचारिक रूपमा सम्मानसहित बिदाई गरिएको थियो। कार्यक्रममा स्कुलका प्रिन्सिपल सन्तोष कोइराला, कोअर्डिनेटर दुर्गा प्रसाद सुवेदी लगायतले कक्षा-१२ का विद्यार्थीहरूलाई सफल भविष्यको कामना व्यक्त गरे। कोअर्डिनेटर सुवेदीले एम्स एकेडेमी गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै विज्ञान संकायमा गत वर्ष कक्षा-१२ को वार्षिक बो

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • 238 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग बैशाख ११ देखि: विजेतालाई २ लाख र चाँदीको ट्रफी

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा बेशाख ११ गतेबाट चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । लिग र नकआउट दुबै फर्म्याटमा आयोजना गरिने वराहक्षेत्र मेयर लिग फुटबल प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार , उपविजेताले १ लाख १ हजार , तेस्रो हुने टिमले ५१ हजार र चौथो हुने टिमले २५ हजार प्राप्त गर्ने नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । प्रतियोगिताको विजेताले चाँदीको सुन्दर ट्रफी प्राप्त गर्ने र अर्को सिजनको लिग सुरु हुनु भन्दा अगाडि उक्त ट्रफी आयोजनलाई फिर्ता गर्नुपर्ने र रनिङ्ग शिल्ड प्रतियोगिता भएकाले ३ पटक

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • 241 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved