धरान/ नेपाल सरकारले धरानका लागि ल्याउन खोजेको कोशीको पानीको आयोजना अन्तर्गतको ८५ प्रतिशत अनुदान नस्वीकार्दा धरानले सुनौलो अवसर गुमाउन लागेको कोशी प्रदेशका सांसद विजयकुमार राईले चेतावनी दिएका छन्। चौथो स्वर्गीय मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले स्थानीय सरकार प्रमुखको ‘म ऋण लिन्न’ भन्ने अभिव्यक्तिको कडा आलोचना गरे। “भावनामा बगेर, हठधर्मी भएर अवसर त्याग्दा धरान पछि पर्छ,” उनले भने। उनका अनुसार संघीय सरकारले प्रस्ताव गरेको ८५ प्रतिशत अनुदान धरानको खानेपानी समस्याको तत्काल समाधानका लागि सुनौलो अवसर हो। तर, धरानका मेयर ह
धरान/ उद्योग वाणिज्य संघ सुनसरीका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठसहित सम्पूर्ण पदाधिकारीहरूलाई सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड परिवारको तर्फबाट बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। धरान–९ स्थित कलेज रोडमा अवस्थित सर्कल क्याफेमा आयोजित उक्त कार्यक्रममा सानिमा जिआइसी इन्स्योरेन्स धरान शाखाका प्रमुख प्रतिक श्रेष्ठले स्वागत मन्तव्य राख्दै नवनिर्वाचित पदाधिकारीहरूको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। उनले सानिमाले विगत तीन वर्षदेखि व्यापार मेला ‘धरान एक्स्पो’ मा इन्स्योरेन्स पार्टनरको भूमिका निर्वाह गर्दै आएको र प्राकृतिक प्रकोपबाट हुन सक्ने क्ष
फिदिम/ पाँचथरको फालेलुङ गाउँपालिकामा एक युवकले कोदालो प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन्। श्रीमानको प्रहारबाट गम्भीर घाइते भएकी २२ वर्षीया अनु राईको उपचारका क्रममा निधन भएको हो। पुलिसका अनुसार राईलाई उनका २७ वर्षीय श्रीमान् महेन्द्र तामाङले बुधबार राति कोदालोले प्रहार गरेका थिए। अनु राई फालेलुङ गाउँपालिका–७ आहाले घर भई हाल फिदिम नगरपालिका–१ नाम्दुस्थित माइतीमा बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार तामाङ ससुराली आएका बेला पारिवारिक विवादका क्रममा कोदालो प्रहार गरेका थिए। कोदालोको पासोले लागेको घाउ ग
धरान/ धरानको बहुचर्चित खानेपानी योजना ‘कोशी प्रोजेक्ट’ सफल भए मेयर हर्कराज राईको राजनीतिक एजेन्डा नै सकिने नेकपा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजङ्ग एभेङले दाबी गरेका छन्। कोशीपत्र अनलाइनसँगको विशेष अन्तर्वार्तामा अध्यक्ष एभेङले मेयर राईले प्रोजेक्ट विफल पार्न जनतामाझ भ्रम सिर्जना गरिरहेको आरोप लगाए। “यो प्रोजेक्ट सफल भयो भने उहाँको मुद्दा सकिन्छ, बाहिरी सहयोग पनि सकिन्छ। त्यसैले उहाँ चल्ने ठाउँ नभएपछि यस्ता प्रोजेक्टहरू रोक्न खोज्नु भएको हो,” एभेङले भने। भिडियो: उनका अनुसार धरानको खानेपानी समस्या समाधान गर्न प्रस्ताव गरिएको कोशी प्रोजेक्ट ऋण नभई ८५ प्
काठमाडौं/ एक वर्षको अवधिमा २,३६९ प्रहरीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ प्रहरीले राजीनामा दिएका हुन् । प्रहरीमा सरुवा, बढुवा, वृत्तिविकास लगायतमा देखिएको असन्तुष्टिको असर राजीनामामा देखिएको हो । कतिपय प्रहरी वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि सेवाबाट अलग हुने परिस्थिति देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार सम्मेलनमा कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको देखिएको जनाएको हो । यस्तै गत आर्थिक वर्षमा
धरान/ सुन्दर सपना बोकेर धन कमाउन प्लेन चढेर विदेश गएकाहरु अन्ततः विदेशमा नै मृत्युबरण भएका छन् । वैदेशिक वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्षको उपलब्धी सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार भेटघाटमा रोजगारीका सिलसिलामा विभिन्न देशमा मृत्युवरण गरेका एक हजार १८० नेपालीको शव स्वदेशमा ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ । त्यसमध्ये विदेशमा अलपत्र भएका ७० शव छन् । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले विदेशबाट शव ल्याउने सिलसिला अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको भन्दै उप्रेतीले शवलाई सम्बन्धित परिवारसम्म पुर्याउन थप शव वाहन (एम्बुलेन्स) को आवश्यकता रहेको औल्य
धरान/डिपो स्कुलको आयोजनामा विद्यालय स्तरिय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप बिहीबारदेखि सुरु भएको छ। उद्घाटन दिनको खेलमा प्रभात स्कुल, आइडल स्कुल, काम्रेल स्कुल र हिमशिखर स्कुल तरहराले जित निकालेका छन्। कोशी प्रदेशका माननीय सांसद विजयकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा डिपो स्कुलका अध्यक्ष क्याप्टेन अम्मरबहादुर लिम्वु र प्रमुख अतिथिले संयुक्त रूपमा पानसमा दिप प्रज्वलन गर्दै प्रतियोगिताको सुरुवात गरेका थिए। कार्यक्रममा अध्यक्ष लिम्वुले विद्यालयका पूर्व अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्वुको योगदान र प्रतियोगिताको उद्देश्यबारे प्रकाश पारे। प्रभात स्कुलले
झापा/ “सपना हो कि हकीकतरु” लाग्न सक्छ, जब सुन्नुहुन्छ – विर्तामोड–७ का एक युवकले एक कट्ठा खेतबाट सुरु गरेको तरकारीखेतीले अहिले करोडौं आम्दानी दिइरहेको छ। यही हो, प्रदीप खनालको सफल कृषियात्रा। सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर हातमा कोदालो समातेका खनाल अहिले ‘हाम्रो कृषि फार्म’मार्फत व्यावसायिक रूपमा उभिएका छन्। अहिले उनी भाडामा लिएको ४५ बिगाहा जमिनमध्ये १६ कट्ठामा मात्र बोडीखेती गरेर दैनिक ५०० केजी बोडी उत्पादन गरिरहेका छन्। “फार्मको बोडी नगरपालिकाका सात वटा सुपथ मूल्य पसलमा बिक्री हुन्छ,” खनाल भन्छन्, “बजार मूल्य घटे पनि नगर
काठमाडौं/ आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा।डा। रामचन्द्र गौतम बताउँछन् । ‘साउन महिनामा गाउँघरमा पनि खेतीपात
विराटनगर/ राजविराज स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न ईच्छुक उद्योगीहरुका लागि उपलब्ध हुने सेवा, सुविधाका लगायतका विषयमा उद्योग संगठन मोरङ र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा अन्तरक्रिया भएको छ । अन्तरक्रियामा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले वर्तमान समयमा नीजि क्ष्ँेत्रले उद्योग स्थापना गर्नका लागि आवश्यक पूर्वाधार विकासमा ठूलो रकम खर्च गर्नुपरिरहेकाले अन्य कुराको व्यवस्थापनमा कठिनाई सिर्जना हुदै आएको वताए । औद्योगिक क्ष्ँेत्रको आवश्यकतालाई मध्यनजर गरी संगठनले लामो समय देखि यस क्ष्ँेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकार समक्ष्ँ पहल ग