धरान ४ क्षितिज डाँडामा सडक अवरुद्ध : सर्वसाधारणलाई सास्ती

  • भदौ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान उपमहानगरपालिका वडा नं. ४ मा रहेको पर्यटकीय क्षेत्र क्षितिज डाँडामा गएको पहिरोका कारण स्थानीयको धरानको मुख्य बजारसँग सम्बन्ध विच्छेद भएको छ भने त्यहाँ होटल व्यवसायीहरु व्यवसाय नचल्दा निराश बनेका छन ।

विगत केही दिनदेखि आएको लगातार बर्षाका कारण क्षितिज डाँडासम्म पुग्ने सडक ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएपछि यहाँका सर्वसाधारणले सास्ती भोग्नु परेको छ भने होटल व्यवसाय ठप्प हुदा व्यवसायीहरु चिन्तित बनेका छन् ।

धरान उपमहानगरपालिका वडा नं. ४ मा पर्ने सारंगा छेउमा रहेको क्षितिज डांडाको सडक पहिरोले भत्काएपछि स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ भने होटल सञ्चालकहरु होटल व्यवसाय नचल्दा निराश बनेका हुन् ।

गर्मीको मौसममा अधिकत्तम होटल व्यवसाय चल्ने यो ठाउँमा अहिले सडककै कारण ग्राहक नै पुग्दैनन् । तीन चार दिन अगाडि आएको अविरल बर्षाले क्षति डाँडाको सडकमाथि आएको पहिरो र मुख्य सडक नै भत्काएपछि सवारी साधन त्यहाँसम्म पुग्दैनन ।

५० घर परिवार बस्दै आएको यो क्षेत्रमा सवारी साधन नपुग्दा धरानको मुख्य बजारसँग सम्बन्ध विच्छेद भएको स्थानीयहरु बताउँछन् ।
स्थानीय रामबहादुर राईले माथिबाट आएको पहिरो र सडक भत्किदा सवारी साधन ठप्प भएको बताए ।

उनले स्थानीय अल्कालीन रुपमा गोरेटो बाटोसम्म बनाएर पारपार गर्न सकिने बनाए पनि धरानसम्म पुगेर कृषि सामाग्री पु¥याउने र धरानबाट खाद्यान्न लगायतका सामाग्री ल्याउन भने कठिन भएको बताए ।

सडक अवरुद्ध भएपछि सवारी साधन त जाँदैन नै गाउँले आफैले बनाएको गोरेटो बाटो समेत हिड्दा जोखिम हुने स्थानीय बताउँछन् । यस्तो अवस्था हुदा पनि स्थानीय सरकारले वास्तै नगरेको स्थानीय धनबहादुर राईको आरोप छ । यो सडककबाट सर्वसाधारण दैनिक ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।

स्थानीयले सडक अवरुद्ध भएपछि सास्ती भोग्नुपरेको छ । यता यहाँ सञ्चालन भएका होटलहरु समेत सुनसान रहेका छन् । सवारी साधन लिएर होटलसम्मकै पुग्ने ग्राहकहरु सडकका कारण जानै छाडेका छन् । विशेष गरी धरान बजारमा अत्याधिक गर्मी हुदा क्षिजित डाँडामा शितल हुने गरेको छ ।

शितलतासँगै होटलमा रमाउनेको संख्या यो समयमा अत्याधिक हुने गथ्र्यो । क्षितिज डाँडामा मात्र पाँच वटा होटल सञ्चालनमा छन् । यो समस्या अहिलेको भने होइन, बर्षौदेखिको समस्या हो । स्थानीय एवम् होटल सञ्चालक समेत रहेका धनबहादुर राईले सवारी साधन क्षितिज डाँडासम्म आउनै नसक्ने भएकोले व्यवसाय चौपट्ट भएको बताए ।

बर्षेनी यो समस्या आउँदा समेत स्थानीय सरकार धरान उपमहानगरपालिकाले दीर्घकालीन समस्या समाधानमा कुनै चासो नदिएको उनको भनाई छ । चुरे क्षेत्रमा पर्ने यो यो क्षितिज डाँडाको सडक बर्षेनी बर्षाद्को समयमा अवरुद्ध हुने गरेको छ । पहिरोको जोखिमसँगै कच्ची सडक बगाएर लादा स्थानीयबासीले सास्ती भोग्दै आएका छन् ।

धरान उपमहानगरपालिकाभित्रको पर्यटकीय स्थलको रुपमा परिचित यहाँको दीर्घकालीन समस्या समाधानमा स्थानीय सरकारले चासो देखाएको छैन । जसले गर्दा बर्षेनी जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था ज्युका त्यु रहेको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved