यात्रु बस चढेर आएका धरानका २१ वर्षीय युवकको मलद्वारबाट ब्राउन सुगर बरामद

  • मंसिर ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ यात्रु बस चढेर आएका धरानका एक युवक लागूऔषध ब्राउन सुगरसहित इटहरीमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ निवासी २१ वर्षीय आशिष विश्वकर्मा रहेका छन्।

प्रहरीका अनुसार मंगलबार बिहान ११ बजे इटहरी उपमहानगरपालिका–६ स्थित वीरेन्द्रचोकमा वडा प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको यात्रु बसमा चेकजाँच गरेको थियो।

सोही क्रममा बसमा सवार विश्वकर्मामाथि शंका लागेपछि शरीर खानतलासी गर्दा उनको मलद्वारबाट लुकाएर ल्याइएको ब्राउन सुगर १ ग्राम ७३० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।

उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरानमा आठौँ मिस्टर क ...

धरान/ धरानमा आठौँ मिस्टर कोशी प्रदेशस्तरीय खुला शारीरिक ...

उपचारका लागि अस्पताल ...

विराटनगर/ उपचारका लागि अस्पताल भर्ना गरिएका झापाका एक क ...

लागूऔषध ट्रामाडोलसहि ...

धरान/ सुनसरीको धरानमा लागूऔषध ट्राम ...

धरानमा ब्राउन सुगरसह ...

धरान/  सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगरसहित चार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved