उपचारका लागि अस्पताल भर्ना भएका कैदी नै फरार

  • मंसिर ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ उपचारका लागि अस्पताल भर्ना गरिएका झापाका एक कैदी अस्पतालबाटै फरार भएका छन्।

चोरी मुद्दामा कारागारमा सजाय भोगिरहेका ३० वर्षीय सुमन भन्ने सन्तोष राई सोमबार बिहान विराटनगरस्थित क्षयरोग अस्पतालबाट फरार भएका हुन्।

भारतको पश्चिम बंगाल घर भई हाल झापाको भद्रपुर नगरपालिका–४ मा बस्दै आएका राई २०८२ वैशाख २८ गतेदेखि चोरी मुद्दामा झापा कारागारमा बन्दी जीवन बिताइरहेका थिए।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई झापा कारागारबाट मोरङ कारागार स्थानान्तरण गरिएको थियो।

मोरङ कारागार ल्याइएकै दिन विराटनगर महानगरपालिका–७ स्थित क्षयरोग अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो।

तर, सोमबार बिहान करिब ७ः१५ बजे उनी अस्पतालबाटै फरार भएको प्रहरीले जनाएको छ।

फरार कैदी राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ।

मातहतका प्रहरी इकाइहरूसमेत परिचालन गरी उनको तीव्र खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

धरानमा आठौँ मिस्टर क ...

धरान/ धरानमा आठौँ मिस्टर कोशी प्रदेशस्तरीय खुला शारीरिक ...

यात्रु बस चढेर आएका ...

इटहरी/ यात्रु बस चढेर आएका धरानका एक युवक लागूऔषध ...

लागूऔषध ट्रामाडोलसहि ...

धरान/ सुनसरीको धरानमा लागूऔषध ट्राम ...

धरानमा ब्राउन सुगरसह ...

धरान/  सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगरसहित चार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved