धरान/ सुनसरीको धरानमा लागूऔषध ट्रामाडोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
साेमबार राति करिब ९ः३० बजे धरान उपमहानगरपालिका–२ माछाभौडीबाट ३० वर्षीय अभिषेक राई पक्राउ परेका हुन्। धरान-१३ निवासी राईलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध ट्रामाडोल ७० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी हवल्दार हेमराज सुवेदीको कमाण्डमा खटिएको टोलीले उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।