फेसबुक आईडी ह्याक गरेर आफन्तसँग रकम माग्दै ४ लाख ४५ हजार ठगी, विराटनगरबाट चार जना पक्राउ

  • मंसिर ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/  विदेशमा रहेका व्यक्तिको फेसबुक आईडी ह्याक गरी नेपालमा बस्ने आफन्तलाई विभिन्न समस्या परेको भन्दै रकम मागेर ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन्।

विदेशमा रहेका व्यक्तिको फेसबुक आईडी ह्याक गरी नेपालमा रहेका उनका आफन्त तथा चिनजानका व्यक्तिसँग समस्या परेको बहाना बनाउँदै रकम माग्ने गरिएको खुलेको हो।

ठगीमा संलग्न व्यक्तिहरूले पीडितलाई विभिन्न बैंक खाताका क्यूआर कोड पठाएर रकम जम्मा गर्न लगाएको प्रहरीको भनाइ छ।

यसरी फेसबुक आईडी ह्याक गरी रकम माग्ने क्रममा पीडितबाट ४ लाख ४५ हजार रुपैयाँ विभिन्न खातामा जम्मा गर्न लगाई ठगी तथा साइबर अपराध गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो।

जाहेरीपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा मिति २०८३ मंसिर ४ गते विराटनगरका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला चुरना चौबेक वडा नं. १० स्थायी ठेगाना भई हाल विराटनगर एयरपोर्ट मोड छेउ बस्दै आएका २६ वर्षीय ताहिर हुसेन, भारतको बिहार प्रदेश कठिहार जिल्ला ड्राइभर टोल वडा नं. ४ स्थायी ठेगाना भई विराटनगर–४ मा डेरा गरी बस्ने ३६ वर्षीय गुड्डु भन्ने मो.सावुदिन, विराटनगर–१७ का ३१ वर्षीय जफर आलम र विराटनगर–९ का २३ वर्षीय फैयाज खान रहेका छन्।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरानमा मगर समुदायको ...

धरान/  मगर समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपम ...

 बन्चरो प्रहार गरी आ ...

दैलेख/  दैलेखमा एक व्यक्तिले आफ्नै श्रीमती र तीन छ ...

धरानका २१ वर्षीय युव ...

सुनसरी/  सुनसरीको दुहबीबाट करिब २२ किलो गाँजासहित ...

धरानको पहिलो महिला ग ...

धरान/ पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved