धरानका २१ वर्षीय युवक २२ किलो गाँजासहित दुहबीमा पक्राउ

  • मंसिर ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  सुनसरीको दुहबीबाट करिब २२ किलो गाँजासहित धरानका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–२० निवासी २१ वर्षीय गौरव राई रहेका छन्।

प्रहरीका अनुसार मिति २०८३ मंसिर ५ गते बिहान १०ः३० बजे दुहबी नगरपालिका–७ भलुवास्थित भित्री सडक खण्डमा उनलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय दुहबी र अस्थायी प्रहरी चौकी तनमुनाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नहर चोकबाट भलुवातर्फ आउँदै गरेको को १–०२–०५३ प ४७२९ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो।

सोही क्रममा मोटरसाइकल चालक राईले बोकेको झोलाभित्र गाँजा २१ किलो ९८० ग्राम लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त लागूऔषध र मोटरसाइकलसहित राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

धरानमा मगर समुदायको ...

धरान/  मगर समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपम ...

 बन्चरो प्रहार गरी आ ...

दैलेख/  दैलेखमा एक व्यक्तिले आफ्नै श्रीमती र तीन छ ...

फेसबुक आईडी ह्याक गर ...

मोरङ/  विदेशमा रहेका व्यक्तिको फेसबुक आईडी ह्याक ग ...

धरानको पहिलो महिला ग ...

धरान/ पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved