धरानमा लागूऔषधसहित ५ जना पक्राउ

  • मंसिर ४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरानमा ठूलो परिमाणमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्।

प्रहरीले धरान–१४ हात्तीसारस्थित एक घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी टोली र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार  दिउँसो करिब ३ बजे धरान–१४ हात्तीसार पथस्थित राजकुमार डंगोलको घरमा छापा मारेको थियो।

उक्त घरमा डेरा गरी बस्ने पाँच जनाको साथबाट प्रहरीले ब्राउन सुगर १२४ ग्राम ४७ मिलिग्राम बरामद गरेको जनाएको छ। त्यसैगरी, नाइट्राजेपाम ४४५ ट्याब्लेट, स्पास्पेन ६५ ट्याब्लेट र ट्रामोल १५ क्याप्सुलसमेत बरामद भएको छ।

पक्राउ पर्नेमा धरान–१५ गोविन्दमार्गका २५ वर्षीय सौरभ जिमी, धरान–२० का २२ वर्षीय सुगम राई, धरान–१४ का २१ वर्षीय अविजित निरौला, धरान–१३ का २५ वर्षीय आशिष राई र मोरङको लेटाङ नगरपालिका–१ का २६ वर्षीय हरि लिम्बू रहेका छन्।

प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरानको पहिलो महिला ग ...

धरान/ पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप ...

गोर्खाली पुर्खाको सम ...

धरान/ गोर्खा सिमेट्रीज ट्रस्ट नेपालको आयोजनामा पाँचौँ ग ...

१७ वर्षीया किशोरीमाथ ...

धरान/ झापाको शिवसताक्षीमा १७ वर्षीया किशोरीमाथि जबर्जस् ...

आजदेखि वराहक्षेत्रमा ...

धरान/ धार्मिक परम्पराअनुसार निकालिने निशान यात्रास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved