सुनसरी / सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठपूजास्थलमा तोडफोड गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
गत कात्तिक २९ गते साँझ ७:३० बजे भक्तजनहरू साँझको छठपूजा सम्पन्न गरी घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तोडफोडबाट क्षति पुगेको पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइसकिएको छ। प्रहरीले श्रद्धालु भक्तजनहरूलाई निर्धक्क भएर छठपूजामा सहभागी हुन आग्रहसमेत गरेको छ।