बिरालो र खरायोको खानाभित्र लुकाएर ल्याइएको हेरोइन बरामद

  • कार्तिक २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ बिरालो र खरायोको खानाको प्याकेटभित्र लुकाएर नेपाल भित्र्याइएको ५.५ किलो लागुऔषध सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा खटिएको प्रहरी टोलीले थाइल्याण्डबाट नेपाल आएका भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज तिघारे (REWARAJ TIGHARE) लाई पक्राउ गरेको हो।

प्रहरीले मिति २०८३ कात्तिक २८ गते शंकास्पद यात्रुको निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनलाई चेकजाँच गरेको थियो। सोही क्रममा उनले बोकेको लगेजभित्र बिरालो र खरायोको खानाको प्याकेटमा लुकाएर राखिएको ५.५ किलो सेतो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ पर्छ। उक्त हेरोइन भारत पुगेपछि अझै महँगो मूल्यमा बिक्री हुने अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका तिघारे यसअघि पनि दुईपटक लाओसबाट नेपाल आएको खुलेको छ। उनी सन् २०२५ नोभेम्बर ४ र सन् २०२६ फेब्रुअरी २६ मा नेपाल आएको तथा पहिलोपटक हवाई र दोस्रोपटक स्थलमार्ग हुँदै भारतसम्म लागुऔषध पुर्‍याएको बुझिएको प्रहरीले जनाएको छ।

उनले लाओससहित जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरेको पाइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनी अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालमा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति रहेको खुलेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको छ।

प्रहरीले उनको साथबाट हेरोइनबाहेक एउटा राहदानी र एउटा मोबाइलसमेत बरामद गरेको छ।

लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार ५.५ किलो सेतो हेरोइन कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका भारतीय नागरिकमाथि लागुऔषध नियन्त्रण ब्यूरोले थप अनुसन्धान गरिरहेको छ।

भारतबाट नेपाल भित्रि ...

सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिकामा भारतबाट नेपालतर्फ ...

आज धरानमा आयोजक स्वर ...

धरान/ प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुट ...

धरानमा आजदेखि रात्रि ...

धरान/ धरानमा आजदेखि पहिलो पटक रात्रिकालीन रूपमा आय ...

धरानका २५ वर्षीय युव ...

सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ लौकही पूर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved