कारागारबाट उपचारका लागि विराटनगर ल्याइएका कैदीको मृत्यु

  • कार्तिक १५, २०८३
  • कोशीपत्र/संवाददाता
alt सागेतिक तस्बिर

धरान/ जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका २६ वर्षीय भोला राईको उपचारका क्रममा मृत्यु भएको छ।
संखुवासभाको चिचिला गाउँपालिका–१ घर भएका राईको विराटनगरस्थित नोबेल अस्पतालमा आइतबार बिहान २ बजेर २२ मिनेटमा मृत्यु भएको हो।

ज्यान मार्ने उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका राईलाई मुटुसम्बन्धी समस्या देखिएपछि शनिबार दिउँसो ४ बजे उपचारका लागि विराटनगर पठाइएको थियो।
कारागारबाट प्रहरी नायब निरीक्षक तुलसीराम राईको नेतृत्वमा दुई जनाको प्रहरी टोलीले खाँदबारी रेडक्रसको एम्बुलेन्समार्फत उनलाई विराटनगरस्थित कोशी अस्पताल ल्याएको थियो।
कोशी अस्पतालमा उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएकोमा चिकित्सकले आइतबार बिहान मृत घोषणा गरेका हुन्।

प्रहरीको अनुसार अस्पताल पठाउँदा राईको स्वास्थ्य अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा थिए।

राईलाई २०८३ वैशाख ४ गते कारागार चलान गरिएको थियो। ज्यान मार्ने उद्योग मुद्दामा उनलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

पाँच दिनदेखि बैठकमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षी ...

सुरुङ खनेर ८ कैदी भा ...

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खन ...

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved