धरान/ सुनसरीको धरानमा सार्वजनिक बसमा सवार एक जना यात्रु ब्राउन सुगर लागूऔषधसहित पक्राउ परेका छन्।
बिहीबार बिहान ११ः२० बजे धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित प्रहरीले चेकजाँच गर्ने क्रममा बराहक्षेत्र नगरपालिका–२ निवासी ५१ वर्षीय मिलन बस्नेत पक्राउ परेका हुन्।
इटहरीबाट धरानतर्फ आउँदै गरेको सार्वजनिक बसमा सवार बस्नेतमाथि शंका लागेपछि खानतलासी गर्दा उनको साथबाट ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पदार्थसहित बस्नेतलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।