धरानमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ, ६ महिना कैद र १ लाख ५ हजार जरिवाना

  • असोज २८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ लागूऔषध मुद्दामा ६ महिना कैद र १ लाख ५ हजार रुपैयाँ जरिवाना फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ निवासी ३४ वर्षीय अमृत भनिने अपिन तामाङ रहेका छन्।

अदालतको फैसलापछि फरार रहेका तामाङलाई असोज २७ गते राति ११ः५५ बजे धरान–५ स्थित तल्लो देउराली चोकबाट अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

जिल्ला अदालत सुनसरी, इनरुवाको २०८२ माघ २२ गतेको फैसलाअनुसार लागूऔषध मुद्दामा उनलाई ६ महिना कैद र १ लाख ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ।

02 Final  Manav Sewa_1

‘नेपाली फुटबललाई संक ...

धरान/  अखिल नेपाल फुटबल संघ ९एन्फा० भित्रको आ ...

धरानमा अनाम रंगमञ्चक ...

धरान/लामो समयपछि धरानको पुरानो नाट्य संस्था अनाम नाट्य ...

धरानमा पुस १ देखि २१ ...

धरान/ सुनसरीको धरान–१८ स्थित डिपो माध्यमिक विद्या ...

जमरा राखेर दसैँको स् ...

धरान/ नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved