धरान/सुनसरीको धरान–८ बरगाछी चोकमा सामान्य पारिवारिक विवादले झैझगडाको रूप लिएपछि चार जना प्रहरी नियन्त्रणमा परेका छन्।
प्रहरीका अनुसार असोज २८ गते राति करिब ९ः१० बजे विकास राई, रिना राई, र २२ वर्षीय देवराज धामी र देवराजकी श्रीमतीबीच पारिवारिक विषयलाई लिएर विवाद भएको थियो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।