धरानका रोशन उदाससहित चार जना लागुऔषधसहित पक्राउ  सुनसरीमा एकैदिन चार घटनामा प्रहरीको कारबाही

  • असोज ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरेको छुट्टाछुट्टै कारबाहीमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१० का ३१ वर्षीय रोशन उदाससमेत छन्।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उदासलाई नाइट्रोजेपाम ८२ ट्याब्लेटसहित पक्राउ गरेको हो। उनलाई लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस्तै, इटहरी उपमहानगरपालिका–५ मा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको टोलीले २३ वर्षीय निशान सार्कीको कोठामा खानतलासी गर्दा १६० पिस लागूऔषध ट्याब्लेट र १६० पिस क्याप्सुल बरामद गरेको छ। उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान भइरहेको छ।

बराहक्षेत्र नगरपालिका–९ मा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, प्रहरी चौकी प्रकाशपुर र प्रहरी चौकी मधुवनबाट संयुक्त रूपमा खटिएको टोलीले लौकहीबाट चक्रघट्टीतर्फ आउँदै गरेको बागमती प्रदेश–०२–०५९ प १२८५ नम्बरको मोटरसाइकल जाँच गर्दा ब्राउन सुगर ८.११ ग्राम पदार्थ र प्रतिबन्धित औषधि ३०० पिस ट्याब्लेट बरामद गरेको छ।

उक्त घटनामा मोरङको रतुवामाई नगरपालिका–४ का २९ वर्षीय सन्तोष मोक्तान, बराहक्षेत्र नगरपालिका–६ का २९ वर्षीय चन्दनकुमार बहरदार र उदयपुरको त्रियुगा नगरपालिका–३ का २९ वर्षीय दीपक दनुवार पक्राउ परेका छन्।

त्यसैगरी, इनरुवा नगरपालिका–४ बसचोकमा प्रहरीले लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गरेका इनरुवा–७ का २१ वर्षीय अनुजकुमार सिंहलाई जाँच गर्दा ब्राउन सुगर ०.३६ ग्राम पदार्थ फेला पारेको जनाएको छ। उनलाई पनि लागुऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

यता, देवानगञ्ज गाउँपालिका–६ जिरोग्वा नहर क्षेत्रमा प्रहरीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरिएको करिब ४ लाख ३६ हजार रुपैयाँ बराबरको भन्सार छलीका लत्ताकपडा तथा कस्मेटिक सामानसमेत बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि तथा बरामद सामग्रीका विषयमा थप अनुसन्धान भइरहेको छ।

धरान १० स्थित युएन स ...

धरान/ धरान उपमहानगरपालिका वडा नं. १० द्वारा ६२ औं राष्ट ...

कांग्रेस क्षेत्रीय स ...

धरान/  नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकि ...

श्रीमान् काममा गएका ...

झापा/  झापाको मेचीनगर–१० धुलाबारी माइत भएकी ...

हर्क साम्पाङकी जेठी ...

सुनसरी/ धरानका तत्कालीन मेयर तथा हाल प्रतिनिधिसभा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved