काठमाडौंमा ‘क्यानभासमा जिरी’ प्रदर्शनी हुने

  • भदौ २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ दोलखाको रमणिय उपत्यका जिरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भदौ २८ गते शुक्रबारदेखि काठमाडौंमा ‘क्यानभासमा जिरी’ नामक कला प्रदर्शनी गरिने भएको छ।

केही समय पहिले दोस्रो जिरी महोत्सवका अबसरमा ६ जना कलाकारले बनाएका ३२ वटा चित्र प्रदर्शनीमा राखिनेछ।

कलाकारहरू केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीले एक्रेलिक र जलरङ प्रयोग गरि बनाएका चित्र प्रदर्शनीमा राख्न लागिएको हो।

नयाँ बानेश्वरस्थित एन।बि।सेन्टरमा रहेको उमोजा क्याफेमा प्रदर्शनी गर्न लागिएको हो।

प्रदर्शनी ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ ले आयोजना गर्न लागेको हो।

‘कला मार्फत् जिरीको प्रकृति, संस्कृति र जीवनशैली पस्कने प्रयास गरेका हौं’, प्रदर्शनीका संयोजक लिलाराम खड्का भन्छन्, ‘यसले जिरीको पर्यटन विकासमा ठुलो टेवा पु¥याउने छ।’

नेपालको स्विजरल्याण्ड भनेर चिनिएको जिरी घुम्नलायक छ। प्रदर्शनी भदौ २८ देखि भदौ ३० गतेसम्म तीन दिन चल्नेछ।

 

 

 

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved