सुनसरीमा करिब ८ लाखका कुर्ता–सुरुवाल बरामद

  • साउन ९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब रु. ७ लाख ९५ हजार बराबरका कपडा बरामद गरेको छ। प्रहरी पुगेको थाहा पाएलगत्तै तस्करहरू मोटरसाइकल र कपडाका पोका छाडेर फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान ६ः१५ बजे इनरुवा–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा भन्सार छलिका सामान राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

प्रहरी टोली घटनास्थलमा पुग्नेबित्तिकै को ३८ प ९२९६, को २६ प १५५६ र को ११ प १४६१ नम्बरका मोटरसाइकलबाट कपडाका पोका झारिरहेका व्यक्तिहरू प्रहरी देख्नासाथ मोटरसाइकल र सामान छाडेर फरार भएका थिए।

प्रहरीले घटनास्थलबाट ५४२ थान कुर्ता–सुरुवाल तथा तीनवटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। बरामद कपडाको अनुमानित मूल्य रु. ७ लाख ९५ हजार रहेको प्रहरीले जनाएको छ।

बरामद सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। फरार भएका व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र पारिएको प्रहरीले जनाएको छ।

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved