सुनसरीबाट ब्राउन सुगरसहित धनकुटाका युवक पक्राउ

  • साउन ९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६, इस्राईल कामत क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

शुक्रबार बिहान ५ः५० बजे प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरी टोलीले भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका धनकुटा नगरपालिका–१ निवासी ३५ वर्षीय मनबहादुर थापालाई शंकाको आधारमा जाँच गर्दा उनको साथबाट चार वटा पोकामा लुकाइराखिएको १०८.०३ ग्राम ब्राउन सुगर  बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद पदार्थमध्ये क्रमशः ३८.१३ ग्राम, ३७.३१ ग्राम, ३०.७५ ग्राम र १.८४ ग्राम रहेको छ।

लागुऔषधसहित पक्राउ परेका थापालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved