दुहवीमा सातौं श्री गणेश चतुर्थी महोत्सवको तयारी, ६१ केजीको लड्डुको आकर्षण "चन्दन रौनियार"

  • भदौ १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

दुहबी/ सुनसरीको दुहवीमा सातौं श्री गणेश चतुर्थी महोत्सव हुने भएको छ ।

दुहवी नगरपालिका वडा नं. ५ स्थित इप्रका दुहबी थाना रोड अगाडिमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा यहि साल भदौ २२ गते देखि २४ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुँने बुधबार पत्रकार सम्मेलन मार्फत पुजा आयोजक समितिका रितेश साह हलुवाईले जानकारी दिएका छन ।
दुहबी नगरपालिका वडा नं. ५ मा विगत वर्ष झै मनाउदै आएको श्री गणेश चतुर्थी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री गणेश पुजा समिति दुहवीका समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

गणेश पुजा समितिका संस्थापक रहनुभएका राकेश मुन्धडाले यहि भदौ २२ गते शनिबारका दिन पुजा शुभारम्भ तथा प्रसाद ग्रहण हुँने साथै दुइ दिन सम्म बिहान र बेलुकी पुजा आरती र भजन संध्याको कार्यक्रम रहँने बताउनुभयो ।

मुन्धडाले सो महोत्सवमा आकर्षकको रुपमा ६१ केजीको लड्डु र भारतको झारखण्डको रानि मन्जित कोर साथै कोलकता पिरती सोनि सेठ र नेपालका तिन कलाकार गरी पाच जना ख्याती प्राप्त कलाकारहरुबाट कला प्रस्तुत गर्ने बताउनुभएको छ ।

साथै लाखे नृत्य समेत हुने जनाएको छ।

दुहवीमा सातौं पटक आयोजना हुन गईहरेको महोत्सवमा आयोजकले ५ देखि १० हजार भक्तजनहरु सहभागि हुने अनुमान गरेको छ । उक्त महोत्सवलाई सफल गराउन महोत्सवलाइ भव्यरुपमा सम्पन्न गर्नकालागि राकेश मुन्दडा, आयुश अग्रवाल ,मोनु साह, रितेश साह,सुरज शाह, अभिषेक शाह, दिपक अग्रवाल ,विशाल हलुवाई,कमलेश मुन्द्रा ,दिपक साह ,अभिषेक साह , रञ्जित गोस्वामी लगायत १०० देखि १५० जना युवा स्वयमसेवकहरुले अहोरात्र खटने बताए ।

उक्त श्री गणेश चतुर्थी महोत्सव भदौमा २४गते सोमबारका दिन दुहवी नगर परिक्रमा गरेर दुहवीको बुढीखोलामा मुर्ती बिर्षजन हुने आयोजकले जनाएको छ ।

आज भएको पत्रकार सम्मेलनमा इप्रका दुहबीका प्रतिनिधि सोम बहादुर मगराती ,ट्राफिक प्रहरी पोष्ट दुहवीका प्रतिनिधि प्र.स गोपाल दाहाल , दुहवी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश रौनियार , वडा न.५ सदस्य प्रभाकर पौडेल समाजसेवी, विभिन्न मिडियामा आबद्ध पत्रकार साथीहरु लगाउत दुहवीका युवाहरुको सहभागी रहेको थियो ।

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved