जीवन विकास लघुवित्त तोडफोड र आगजनी

  • भदौ १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सिरहा/ सिरहाको गोलबजार नगरपालिका वडा नं. ७ चोहर्वा गाउँमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

दिउँसो १२ बजेर ३० मिनमा सोही लघुवित्तबाट ऋण लिएका महिला सदस्यहरु १ सय ५० जना जति अचानक कार्यालय परिसरमा भेला भएका थिए ।

उनीहरुलाई सघाउन १०÷१५ जना पुरुषहरु पनि सँगै आएका थिए । ऋणी सदस्य महिलाहरु एक्कासी कार्यालयमा पसेर फाइल, कागजपत्रहरु माथिल्लो तलाबाट भूइतर्फ हुर्याउन थालेको एक प्रत्यक्षदर्शीले बताए ।

नाम उल्लेख नगर्ने शर्तमा संस्थाका एक कर्मचारीले भने,‘तल बसेकाहरुले फाइलमा आगो झोसे । कागज पत्र फाइल जलाएर मात्र छाडेनन् ।

कम्प्यूटरको सीपीयू, मोनिटोर र सिसिटिभी क्यामराहरु फुटाए । इनभर्टरका व्याट्रीहरु क्षतिग्रस्त बनाइएका छन् । कागज पत्र जोगाउन खोज्दा कर्मचारी र आगजनी गर्ने समूह बीच हातपात र घम्साघम्सी समेत भएको थियो ।

’इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्की भन्छन्, ‘क्षतिको मूल्यांकन यकिन भएको छैन । घटनाको अनुसन्धान सुरु गरिएको छ । अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।

आगजनी र तोडफोडमा संलग्नहरुको पहिचान गरी खोजतलास सुरु गरिएको छ ।

लघुवित्त संस्थाहरुले चर्को व्याज लिएर शोषण गरेको भन्दै ऋण नतिर्ने र वित्तीय संस्थाहरुलाई कारवाही गर्ने अभियानीहरुले दबाव स्वरुप यस्तो हर्कत गरेको हुन सक्ने स्थानीयहरुले बताए ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved