इनरुवा/ सप्तकोसी नदीस्थित कोसी ब्यारेजमा सर्वसाधारणको भीड बढेसँगै जोखिसमेत बढेको भन्दै पुलमा पैदल हिँड्न र त्यहाँबाट सवारी साधन चढ्न निषेध गरिएको छ ।
कोसी ब्यारेजबाट सप्तकोसीमा हामफालेर आत्महत्याको प्रयास गर्ने जोखिम भएका कारण पुलमा पैदल हिँड्न र त्यहाँबाट सवारी साधन चढ्नमा रोक लगाइएको हो ।
कोशी र मधेस प्रदेशको सिमानामा पर्ने सुनसरी र सप्तरी जोड्ने ब्यारेज पुलमा चढ्न तथा ढोका नजिक भएर हिँड्न प्रवेश निषेध गरेको सूचना टाँस गरिएको छ ।
भारत र नेपालको विभिन्न ठाउँबाट आएको मानिसहरूले पटकपटक हाम फालिरहेको अवस्थामा प्रहरीले उद्धार गर्नुपर्ने र साउन महिनामा बोलबमका लागि जल भर्न विभिन्न ठाउँबाट आएको मानिसहरूले समेत ब्यारेजको पुलबाट हाम फाल्न सक्ने भन्दै प्रहरीले निषेध लगाएको हो ।
प्रहरीको तथ्यांकअुनसार आर्थिक वर्ष २०८०।०८१ मा ७५ जनाको उद्धार गरिएको छ ।
कोसी पुलमा घुम्न आएको र सेल्फी वा फोटो खित्ने बाहानामा आउने र अचानक हाम फालेर आत्महत्या गर्ने प्रयास गर्ने गरेकोले प्रहरीले सर्तकता अपनाएको हो ।