संरचना होइन, नागरिकको जीवन फेरिनु नै वास्तविक विकास हो' : धरानमा मन्त्री पौडेल

  • साउन ९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सडक, विद्यालय र अस्पताल निर्माण गर्नु मात्रै विकासको मापदण्ड नहुने बताएका छन्।

उनले नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउनु नै वास्तविक विकास भएको स्पष्ट पारे।

शनिबार धरानका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले विकासको मूल्याङ्कन निर्माण गरिएका संरचनाको सङ्ख्याले नभई नागरिकले प्राप्त गर्ने सेवा, अवसर र जीवनस्तरमा आएको सुधारका आधारमा हुनुपर्ने बताए।

उनले सडक बनेपछि गाउँको उत्पादन सहज रूपमा बजारसम्म पुग्ने, नागरिकको आवतजावत सरल हुने र आर्थिक गतिविधि विस्तार भए मात्र विकासको अनुभूति हुने उल्लेख गरे।

त्यस्तै, विद्यालय स्थापना गरेर मात्रै नपुग्ने भन्दै गुणस्तरीय शिक्षा र अस्पताल निर्माणसँगै समयमै प्रभावकारी उपचारको सुनिश्चितता हुनुपर्नेमा जोड दिए।

मन्त्री पौडेलले विकासका योजना नागरिकको आवश्यकता र प्रतिफलमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै सरकारले पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रमा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेको बताए।

उनले धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण, प्रवर्द्धन र पूर्वाधार विकासमार्फत आन्तरिक तथा बाह्य पर्यटन विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए।

स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै पर्यटन विकासलाई स्थानीय समुदायको आयआर्जन र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।

मन्त्री पौडेलसँगै प्रतिनिधिसभा सदस्य सृजना श्रेष्ठ र सृष्टि भट्टराईले शनिबार सुनसरीको रामधुनी मन्दिर र बराहक्षेत्र मन्दिरको अवलोकन गरेका थिए।

शनिबार टोलीले धरानस्थित विष्णुपादुका मन्दिर, गोर्खा पार्क, बुढासुब्बा मन्दिर, विजयपुर दरबार क्षेत्र तथा नेपाल आदिवासी जनजाति बहुजातीय सङ्ग्रहालयको अवलोकन गरेको थियो। त्यसपछि टोलीले धरान–८ स्थित शनि मन्दिरको अवलोकन गरी मोरङतर्फ प्रस्थान गरेको छ।

 

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved