क्लबले आयव्यय सार्वजनिक गर्‍यो

  • चैत्र २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढसुब्बा गोल्डकपको आय व्यय विवरण सार्वजनिक गरिएको छ ।

धरान फुटबल क्लबले २४ संस्कारणको प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरेको हो ।

प्रतियोगितामा क्लबका कोषाध्यक्ष धनबहादुर राईले आयव्यय प्रस्तुत गर्नुभएको गरेका थिए ।

उनले प्रस्तुत गरेको विवरणमा आयतर्फ ७६ लाख २४ हजार ५ सय २८ र व्ययतर्फ ५८ लाख ९५ लाख ६ सय रुपैया रहेको थियो ।

१७ लाख २८ हजार ९ सय ८५ रुपैया बचत देखिएको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डबाटबाट १५ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट १० लाख रुपैया प्राप्त नभए पनि यो रकम सुनिश्चित रकम रहेको क्लबले जनाएको छ ।

गत बर्ष अर्थात २३ औं संस्कारणमा क्लबले १२ लाख रुपैया मात्र बचत गर्न सफल भएको थियो ।

छोटो समयमा टिमवर्क र खर्च मितव्ययितालाई ध्यानमा राखेका कारण आम्दानी उत्तिनै भएपनि खर्च कटौति हुदा मुनाफा देखिएको क्लबका अध्यक्ष प्रताप तामाङले बताए ।

विगतका बर्षहरुमा खर्च कटौती गर्न नसकेकै कारण आम्दानी भएपनि थोरै मुनाफा हुने गरेको र यस बर्ष भने पुरस्कारबाहेका अन्य खर्चमा मितव्यायितता अपनाइएको क्लबकका महासचिव नविन राईले बताए ।

आम्दानी थोरै भए पनि खर्चलाई जति सक्दो घटाउन सकेमात्र मुनाफा बढाउन सकिने उनको तर्क थियो ।

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved