पाँचौ मि. कोशीकाे उपाधी विनोदकुमारलाई बिकास चाम्लिङ राई

  • चैत्र २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ एलाइनेट जिमको २१ औ प्रस्तुति अन्र्तगत शनिवार आयोजित पाचौ मि. कोशि शारिरिक सुगठन प्रतियोगिताको उपाधि भिजन फिटनेस धरानका विनोदकुमार नेपालीले चुमेको छ ।

  नेपाली ६५ केजि तौल समुहका विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए ।

उनले उपाधि संगै नगद एक लाख १५ हजार, ट्रफि, मेडल , प्रमाणपत्र र ५० हजार रुपैया वरावरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गरेका छन् ।

मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन ।

यसै गरि उपविजेता धरान फिटनेस क्लवका लक्ष्मी मोक्तान, तेस्रो न्युट्रि हव तरहराका प्रदिप महतो, चौथो एनिटाइम्स फिटनेसका उमेश राई र पाचौ झुनाज फिटनेसका उत्सव लिम्वु भए ।

उनिहरुले क्रमशः दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० र पाचौले नगद २० हजार रुपैया,

ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

व्यक्तिगत विद्या तर्फ वेस्ट पोजर उपाधि धरान फिटनेस क्लवका लक्ष्मी मोक्तान, मोस्ट इम्प्रुभमेन्ट भिजन फिटनेसका विनोदकुमार नेपाली, मस्कुलर म्यान प्mलेक्स फिटनेस केरावारीका डेविड राई र वेस्ट टिम उपाधि विजेता भिजन फिटेनेस घोषित भए ।

उनिहरुले जनहि नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशि प्रदेश माननिय विजयकुमार राई, कार्यक्रमका सभाध्यक्ष एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वु, धरान १८ न. वडाध्यक्ष प्रविण राई, धरान ८ न. वडाध्यक्ष धनवहादुर राई, एसपि भिम दाहाल, युवा नेता ऋषिराज राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

       धरान १३ स्थित कभर्डहलमा आयोजित प्रतियोगितामा ५५ केजि तौल समुह वाट ५ जना, ६० केजि वाट ६ जना, ६५ केजि वाट ५ जना, ७० केजि र ७५ केजि वाट ३-३ जना गरि २२ जना प्रतिश्पर्धिहरुले उपाधिका लागि प्रतिश्पर्धा गरेका थिए ।

कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमूख अतिथि काेशी प्रदेशका माननिय विजयकुमार राईले पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए ।

प्रतियोगिताको मुख्य जजको रुपमा शिव मुखिया र सहयोगि जजहरुमा हरि धिमाल, इश्वरलाल उदास, नवनित प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सिता राई श्रेष्ठ रहेको थियो ।

कार्यक्रममा गरिमा डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई मनोरंजन दिलाएका थिए ।

कार्यक्रम संचालन संचारकर्मी मेरिना तुम्साले गरेका थिए ।

 

 

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved