बुढासुब्बा गोल्डपमा धरानको विजयी शुरुवात

  • फागुन २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा शुरु भएको २४ औं बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले जितेको छ ।

शनिवार  बाट धरान १६ स्थित रंगशालामा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा आयोजक धरानले भारतको केएफसी खार्साङलाई ९ का विरुद्ध १० गोल गर्दै सडेन डेथको आधारमा जित निकालेको हो ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा खेलमा दुवै टिमबाट एक एक गोल बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा होमिएको थियो ।

खेलको ५८ औं मिनेटमा धरानमा मिलन राईले खाता खोलेका थिए भने त्यसको लगत्तै खार्साङका नयन प्रधान खार्साङका लागि गोल गर्र्र्दै बराबरीमा पु¥याएका थिए । त्यसपछि दुवै टिमले गर्न गर्न नसकेपछि खेल ट्राइबेकरमा होमिएको थियो ।

ट्राइबेकरमा ५–५ जनाले हानेको पेनल्टीमा पनि दुवै टिमबाट बराबरीमा टुंगिएपछि खेल सडेन डेथको आधारमा खेलाइएको थियो ।

सडेन डेथमा धरानले ९ का विरुद्ध १० गोल गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो । सेडेन डेथमा निर्णायक गोल खार्साङका तर्फबाट एन्डोनी क्षेत्रीले हानेको गोल धरानका गोल रक्षकले रोकिदिएपछि भने खार्साङले पराजय भोग्नु परेको थियो ।

खेलको म्यान अफ म्याच धरानका सचिन राई घोषित भए । आइतबारको खेल एनआरटी र विभागीय टिम नेपाल आमीबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले गर्ने कार्यक्रम रहे पनि उनको अनुस्थितिमा एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले गरेका थिए ।

 
 

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved