बुढासुब्बा गोल्डपमा धरानको विजयी शुरुवात

  • फागुन २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा शुरु भएको २४ औं बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले जितेको छ ।

शनिवार  बाट धरान १६ स्थित रंगशालामा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा आयोजक धरानले भारतको केएफसी खार्साङलाई ९ का विरुद्ध १० गोल गर्दै सडेन डेथको आधारमा जित निकालेको हो ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा खेलमा दुवै टिमबाट एक एक गोल बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा होमिएको थियो ।

खेलको ५८ औं मिनेटमा धरानमा मिलन राईले खाता खोलेका थिए भने त्यसको लगत्तै खार्साङका नयन प्रधान खार्साङका लागि गोल गर्र्र्दै बराबरीमा पु¥याएका थिए । त्यसपछि दुवै टिमले गर्न गर्न नसकेपछि खेल ट्राइबेकरमा होमिएको थियो ।

ट्राइबेकरमा ५–५ जनाले हानेको पेनल्टीमा पनि दुवै टिमबाट बराबरीमा टुंगिएपछि खेल सडेन डेथको आधारमा खेलाइएको थियो ।

सडेन डेथमा धरानले ९ का विरुद्ध १० गोल गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो । सेडेन डेथमा निर्णायक गोल खार्साङका तर्फबाट एन्डोनी क्षेत्रीले हानेको गोल धरानका गोल रक्षकले रोकिदिएपछि भने खार्साङले पराजय भोग्नु परेको थियो ।

खेलको म्यान अफ म्याच धरानका सचिन राई घोषित भए । आइतबारको खेल एनआरटी र विभागीय टिम नेपाल आमीबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले गर्ने कार्यक्रम रहे पनि उनको अनुस्थितिमा एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले गरेका थिए ।

 
 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved