कोशीमा नेतृत्व फेरबदल लगभग निश्चित, हिक्मत कार्कीको ठाउँमा तिलकुमार मेन्याङ्बो आउने संकेत

  • साउन १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन लगभग निश्चित भएको छ।

एमालेभित्र भएको उच्चस्तरीय छलफलअनुसार वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको स्थानमा प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी अन्तिम चरणमा पुगेको स्रोतहरूले बताएका छन्।

एमालेका उच्च तहका नेताहरूका अनुसार नेतृत्व परिवर्तनबारे केन्द्रमा सकारात्मक सहमति बनिसकेको छ भने औपचारिक निर्णय आइतबार नै हुन सक्ने सम्भावना छ।

नयाँ राजनीतिक समझदारीअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम नेपाली कम्युनिस्ट पार्टीको भागमा परेको बताइएको छ।

यही सहमतिपछि कोशी प्रदेश सरकार पुनर्गठनको गृहकार्य तीव्र बनेको हो।

काठमाडौंमा रहेका तिलकुमार मेन्याङ्बोले आफू मुख्यमन्त्री बन्ने सम्भावना निकै बलियो रहेको प्रतिक्रिया दिएका छन्।

उनले भने, "लगभग मेरो सम्भावना बलियो देखिएको छ। केन्द्रीय नेतृत्व सकारात्मक भएकाले म ढुक्क छु।"

एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा नयाँ नेतृत्वलाई प्राथमिकता दिएका छन्।

पछिल्लो समय ओली र मुख्यमन्त्री कार्कीबीच राजनीतिक सम्बन्ध पहिलेझैँ सहज नरहेको र त्यसको प्रभाव नेतृत्व परिवर्तनको निर्णयमा परेको प्रदेश तहका केही नेताहरूको दाबी छ।

ताप्लेजुङ–१ (१) बाट निर्वाचित मेन्याङ्बो प्रदेश संसदीय दलका उपनेता हुन्। कार्की नेतृत्वको पहिलो सरकारमा उनले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए भने मन्त्रिपरिषद् पुनर्गठनपछि स्वास्थ्य मन्त्रालयको समेत नेतृत्व गरेका थिए।

२०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनी राष्ट्रिय राजनीतिमा सक्रिय छन्।

यद्यपि एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रमेश बस्नेतले मुख्यमन्त्री परिवर्तनबारे प्रदेश कमिटीमा औपचारिक छलफल नभएको बताएका छन्।

उनका अनुसार प्रदेश तहमा हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने मत बलियो भए पनि केन्द्रको निर्णयअनुसार नयाँ नेतृत्व आउने सम्भावना खुला छ।

अब एमाले केन्द्रीय नेतृत्वको औपचारिक निर्णयसँगै कोशी प्रदेशको नयाँ मुख्यमन्त्री को हुने भन्ने टुंगो लाग्ने अपेक्षा गरिएको छ।

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved