राष्ट्रिय प्रतियोगितामा सहभागि हुन जाने धरान बास्केटवल टिमको विदाई "बिकास चाम्लिङ राई"

  • फागुन २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ यहि फागुन २८ गते देखि काठमाण्डौमा हुन लागेको थी्र वाइ थी्र महिला पुरुष राष्ट्रिय प्रतियोगितामा सहभागि हुन लागेका धरानका बास्केटवल खेलाडिहरुलाई शुक्रवार विदाइ गरेको छ ।

सुनसरीको प्रतिनिधित्व गर्दै गर्दै धरान वाट पुरुष टिमले सहभागिता जनाउने भएको छ ।

शुक्रवार धरान बास्केटवल टिमका ५ जनाको टोलिलाई विदाई गरिएको थियो ।

उनिहरुलाई वुद्धचोक स्थित एमसि क्याफेमा बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले खदा लगाएर विदाइ गरेका थिए ।

धरान बास्केटवल टिमले नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राईको नेतृत्वमा कविन मगर, सर्वोधन राई, सुजन राई र रियोन राजवंशिले सहभाागिता जनाउनेछ ।

टिमका लागि धरान १० न. वडाका वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राईले जर्सी प्रदान गरेको छ ।

नेपाल बास्केटवल संघको आयोजनामा आयोजित महिला पुरुष ओपन राष्ट्रिय प्रतियोगितामा धरान वाट पुरुष टिमले मात्र सहभागिता जनाएका हुन ।

प्रतियोगितामा पुरुष तर्फ ४० र महिला तर्फ ८ टिमले सहभागिता जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय अन्तराराष्ट्रिय टिम तथा खेलाडिहरुको सहभागिता रहेको छ । 

सुउवासंघमा गोपाल र श ...

धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० ग ...

पव्लिकको प्रवेश परीक ...

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिए ...

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved